मुख्य समाचार
मृत अवस्थामा मानिस फेला | अदालतद्वारा डुडुवा न्यायिक समितिको कार्यसम्पादनबारे निरीक्षण | ईद–उल–अजहा ‘बकरीद’ आज हर्षाेल्लासपूर्वक मनाइँदै | प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड | डुडुवाद्वारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग | विभिन्न कार्यक्रमको आयोजन गरि आज गणतन्त्र दिवस मनाइँदै | नेपाल जडीबुटी व्यवसायी संघको अध्यक्षमा टंक प्रसाद शर्मा पुनः निर्विरोध निर्वाचित | प्रहरी कर्मचारीहरुको निरीक्षण तथा निर्देशन सम्बोधन | सांगठनिक मूल्य र मान्यता अनुरूप काम कारवाही गर्न प्र.ना.म.नि.को निर्देशन | प्रजिअ जोशीद्वारा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुगमन तथा निरीक्षण |

यिसु ख्रिस्टको जन्म दिवस अर्थात ‘क्रिसमस डे’ आज धूमधामका साथ मनाइँदै

Samacharrekhanews 1+ समाचार ( )
१० पौष २०८१, बुधवार

२० पुस, नेपालगञ्ज । यिसु ख्रिस्टको जन्म दिवस अर्थात ‘क्रिसमस डे’ पर्व आज धूमधामका साथ मनाइँदै छ ।

इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज इसाई समुदायले ‘क्रिसमस डे’ मनाइ रहेका छन् ।

डिसेम्बर २५ तारिखका दिन यिसु ख्रिस्टको जन्म प्यालेस्टाइनको बेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट यिसु ख्रिस्ट जन्मिएका थिए । यिसु ख्रिस्टले तीन मुख्य मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा इसाई धर्मावलम्बीले यस दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा यस दिनलाई इसाई समुदायले मनाउने गरेका छन् । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने वि.सं. २०६३ पछि महोत्सवका रूपमा मनाउन थालिएको हो । विभिन्न प्राचीन युरोपियन दस्ताबेजमा यिसु ख्रिस्ट धर्तीमा आउनपूर्व नै हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी सम्वतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।

इस्वी सम्वतलाई यिसु ख्रिस्टको जन्म अगाडि र एनोनो डोमिनी ख्रिस्ट पछाडि गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसार भरिनै उपहारहरू साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ । सिङ्गारिएको सानो धुपीको जस्तो देखिने च्याट्ट मिलेको रुख अर्थात् क्रिसमस–ट्री आजका दिनमा प्राय देखिन्छन् ।

क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुँगा भएको मोटोघाटो ठूलो शरीरको साधुले सबैलाई उपहार दिने र खुसी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतीक्षामा धेरै केटाकेटीहरू राती अबेरसम्म सुत्दैनन् । कोही–कोही व्यक्तिहरू सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँड्दै, साट्दै हिँड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अंग्रेजी ह्याट पहिरिएको हिउँ जम्मा पारेर बनाएको स्नो म्यान विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ ।

क्रिसमस डेको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार