मुख्य समाचार
मोहर्रम पर्व अन्तर्गत नवौं दिन नगरको विभिन्न स्थानमा ताजिया स्थापित | दरबारमार्गमा लिफ्टको सिक्री चुँडिएर दुई मजदुरको मृत्यु | विविध कार्यक्रमको आयोजन गरि आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै | नेपालगन्ज उपमहानगरपालिकाद्वारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक | वडा नं. ४ द्वारा योजना छनौट, वडा भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजन | अली स्पोर्ट क्लबका खेलाडीहरुद्वारा लठ्ठी कलाको अभ्यास प्रारम्भ | मृत अवस्थामा मानिस फेला | अदालतद्वारा डुडुवा न्यायिक समितिको कार्यसम्पादनबारे निरीक्षण | ईद–उल–अजहा ‘बकरीद’ आज हर्षाेल्लासपूर्वक मनाइँदै | प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड |

ईद–उल–अजहा ‘बकरीद’ आज हर्षाेल्लासपूर्वक मनाइँदै

Samachar Rekhanews 77+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

२४ जेठ, नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो महान पर्व ईद–उल–अजहा ‘बकरीद’ आज हर्षाेल्लासपूर्वक मनाइँदैछ ।

त्याग र बलिदानको शास्वत सन्देश दिने यो पर्व ३ दिनसम्म लगातार मनाइने गरिन्छ ।

यस पर्वमा भेडा, बाख्रा, रा“गा, ऊ“ट आदिको कुर्बानी दिने गरिन्छ ।

कुर्बानी गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छर–छिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफु र आफन्तलाई खुवाउने प्रचलन रहेको छ ।

बकरीदको नमाज पढेपछि एक अर्कालाई अंकमाल गरि शुभकामना साटासाट गर्ने परम्परा रहेको छ ।

यस पर्वमा ईदगाह नजिक आउने गरिब गुरुवाहरुलाई दान दिने गरिएको छ । साथै नमाज पढिसकेपछि साथीभाई, इष्ट–मित्रहरुलाई शुभकामना दिइ मिठो परिकार खुवाउने गरिन्छ ।

मान्यता अनुसार, एकदिन अल्लाहले हजरत इब्राहिमलाई सपनामा उनको सबैभन्दा प्रिय बस्तुको कुर्बानी मागे । हजरत इब्राहिमलाई सबैभन्दा प्रिय उनको छोरा थिए उनले आफ्नो छोराको कुर्बानी दिने निर्णय गरे ।

निर्णयअनुसार हजरत इब्राहिमले आफ्नो छोरा बलि दिन उसको घाँटीमा प्रहार गरे । त्यसै समय अल्लाहले चक्कूको प्रहारबाट हजरत इब्राहिमको छोरालाई बचाएर एउटा खसी कुर्बानी दिलाए ।

त्यसपश्चात कुर्बानीका रूपमा खसी कुर्बानी दिने गरिएको हो । धार्मिक मान्यता अनुसार उनकै पालामा खसीको कुर्बानीको शुरुवात भएको मानिन्छ ।

गएको फागुन १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकोमा मुस्लिम आयोगको पत्र अनुसार शनिवार अर्थात् सार्वजनिक विदाका दिन नै बकर ईद परेको गृह मन्त्रालयले जानकारी गराएको छ ।

बकरीदको नमाज आज बिहान ७ बजे नेपालगन्ज वीपी चोक नजिक ईदगाहमा हुने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार