मुख्य समाचार
क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन | लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया | लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम | बाँकेको पर्यटन प्रवद्र्धनका लागि पर्यटन फोटो पत्रकारिता अनुशिक्षण | नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी | पक्राउ परेका दुई विदेशी नागरिकलाई १४ दिनका लागि न्यायिक हिरासत | आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा | प्र्रहरी निरीक्षक शेखर खड्काद्वारा ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराधबारे प्रशिक्षण प्रदान |
मुख्य समाचार
क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन | लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया | लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम | बाँकेको पर्यटन प्रवद्र्धनका लागि पर्यटन फोटो पत्रकारिता अनुशिक्षण | नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी | पक्राउ परेका दुई विदेशी नागरिकलाई १४ दिनका लागि न्यायिक हिरासत | आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा | प्र्रहरी निरीक्षक शेखर खड्काद्वारा ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराधबारे प्रशिक्षण प्रदान |


नेपालगन्ज उपमहानगरपालिकाद्वारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

Samachar Rekhanews 108+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

१० असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि १ अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलवार नगरसभाको १७औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आयब्यय विवरण सार्वजनिक गरे । 

प्रस्तुत बजेटमा वडा कार्यालयको हकमा २० करोड रुपैयाँ र महाशाखा शाखामार्फत संचालन हुने गरी ८ करोड २५ लाख २४ हजार रुपैयाँ सिलिङ्ग उपलब्ध गराइएको छ । यस्तै चालू खर्चतर्फ ३८ करोड ५६ लाख रुपैयाँ छुट्ट्याइएको छ । आम्दानीतर्फ वित्तीय समानीकरण संघबाट २६ करोड ७९ लाख, प्रदेशबाट १ करोड ९० लाख प्राप्त हुँदा आन्तरिक आय २२ करोड १२ लाख हुने प्रक्षेपण गरिएको छ । 

त्यसअघि नगरसभाको १७औं अधिवेशनमा सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग ब्यापार, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरणको लागि आवश्यक कार्यक्रम संचालन गर्ने, गड्यौला मलको प्रयोग प्रबद्र्धन गर्ने, जडीबुटी खेतीलाई प्रबद्र्धन गर्ने, पशुजन्य संक्रामक रोग नियन्त्रणका लागि समयानुसार भ्याक्सिनहरु लगाउने, नेपालगन्जलाई पश्चिम क्षेत्रको ब्यापारिक केन्द्रको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा व्यवसायिक वातावरणको विकास गर्ने, बागेश्वरी मन्दिर, जामा मस्जिद, गुरुद्वारा, १०८ फिटे हनुमानगढी परिसर क्षेत्रलाई समेटेर धार्मिक सद्भावको सर्किट क्षेत्रको रुपमा विकास गर्ने, नेपालगन्ज र आसपासका पर्यटकीय क्षेत्रलाई भिजिट वेष्टर्न नेपाल कार्यक्रममा आवद्ध गर्ने, जेष्ठ नागरिकका लागि घरघरमा गई निस्शुल्क औषधि उपचार तथा स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई १० वर्षभित्र क्षयरोगमुक्त घोषणा गर्ने लगायत विषय छन् ।

यस्तै सामुदायिक विद्यालयमा छात्रामैत्री चेन्जिङ्ग रुमसहितको सुविधा सम्पन्न शौचालयको व्यवस्था मिलाइने, धार्मिक विद्यालयको शिक्षालाई गुणस्तरीय र सान्दर्भिक बनाइने, ुगु वर्गको अपांगता भएका व्यक्ति र अल्वानिज्मको समस्या भएका व्यक्तिको स्वास्थ्य बीमा गर्ने, नेपालगन्ज उपमहानगरपालिकाभित्र बोलिने सबै मातृभाषाको जगेर्ना र विकास गर्ने, नयाँ घर बनाउने नक्सा पास समेतको हकमा सफ्टवेयर प्रणाली अनिवार्य प्रयोग गरी एक घर एक रुखको अवधारणा अनुरुप भवन अनुमति तथा मापदण्ड कार्यान्वयनमा समावेश गर्ने, संचार क्षेत्र प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिने, आमसंचार नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिने लगायतका विषय समेटिएका छन् । 

नगर अधिवेशनमा नगरसभा सदस्य एवम् नगर प्रवक्ता प्रमोद रिजाल, नगरसभा सदस्य एवम् वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, नगरसभा सदस्य एवम् वडा नम्बर १८ का वडा अध्यक्ष दीपक कुमार बर्मा, नगरसभा सदस्य एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, नगरसभा सदस्य एवम् वडा नम्बर ५ का वडा अध्यक्ष सराफत हुसेन शेख, वडा नम्बर २० का वडा अध्यक्ष कैशल कुमार धोबी र नगरसभा सदस्य एवम् वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्वागत सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले गरेका थिए । अर्को वैठक असार २९ गते बस्नेछ । उक्त वैठकबाट नीति तथा कार्यक्रम र बजेट संशोधनसहित पारित गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार