Logo

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

Samachar Rekhanews १४ पुष २०७८, बुधबार २३:५४ मा प्रकाशित

काठमाण्डौं, पौष १४
सरकारले एसियन सेन्ट्रल जोन महिलाभलिबलच्यालेन्जकपबिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार (पौष १४ गते) बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिलाभलिबलच्यालेन्जकपबिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मानपत्र सहितनगद पुरस्कारले सम्मानगर्ने निर्णय गरेको हो ।
युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज(अथक)को पहलमामन्त्रीपरिषदको बैठकले उपाधिबिजेता १२ जना खेलाडीहरुलाई जनही ५÷५ लाख, २ जनाप्रशिक्षकलाई जनही ३ लाख र १ जनाअफिसियललाई २लाखनगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो ।नेपाली टिमको जितले गौरब र खुसीको अनुभुतीभएको उल्लेख गर्दै मन्त्रीअथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्तावमन्त्रीपरिषदको बैठकमा लैजानुभएको थियो ।
बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमानेपालीमहिलाभलिबल टिमलेउज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चकजितहातपार्दै उपाधि रक्षा गरेपछि युवातथा खेलकुदमन्त्रीअथकले खुसीब्यक्तगर्दै बधाई समेत दिनुभएको छ ।
उपाधिविजेता नेपाली टिम भोली (बिहिबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?