Logo

कपिलवस्तु प्रहरीको कमाण्ड सम्हाल्दै महिला प्रहरी निरिक्षक बोहरा

Samachar Rekhanews ६ भाद्र २०८०, बुधबार २३:५५ मा प्रकाशित

कपिलवस्तु । जिल्लामा पहिलो पटक महिला प्रहरी निरिक्षकको कमाण्डमा जिल्ला प्रहरी कार्यालय चलेको छ । प्रहरी निरिक्षक शैलेश्वरी बोहराको कमाण्डमा केही दिन यता कपिलवस्तु जिल्ला प्रहरी कार्यालय मार्फतको सुरक्षा संयन्त्र परिचालित छ । प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत र प्रहरी नायब उपरीक्षक मीन बहादुर घले विदामा बसेका कारण प्रहरी निरिक्षक शैलेश्वरी बोहरा यति बेला प्रहरी ईन्चार्ज बनेकी हुन् ।

प्रहरी निरिक्षक बोहरा नेपाल प्रहरी संगठन भित्र अब्बल र कुशल प्रहरी अधिकृतको रुपमा परिचित छिन् । जिल्लाका सवै ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी तथा अस्थायी प्रहरी चौकीहरुमा शान्ति सुरक्षा चुस्त दुरुस्त पार्न प्रहरी निरिक्षक बोहरा यति बेला निकै संवेदनशील ढंगबाट अघि बढेकी छिन् ।

कुनै पनि अप्रिय घटना घट्न नदिन, चोरी तस्करी नियन्त्रण गर्न, सामाजिक अपराध तथा अन्य भड्काव खालका गतिविधीलाई प्रसय हुन नदिन मातहतका सवै प्रहरी युनिटहरुमा उनले निर्देशन गरेकी छिन् ।

प्रहरी निरिक्षक बोहराको कमाण्ड सम्हालेको यो समयमा जिल्लामा फरार अपराधीहरु पक्राउ, लाखौं रुपैयाको भंसार छलेर ल्याएको मालसामान पक्राउ जस्ता उल्लेख्य उपलब्धीहरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निमित्त कार्यालय प्रमुखको रुपमा जिल्लाको सुरक्षा संयन्त्रको कमाण्ड सम्हाल्न पाएकोमा थप हौसला र गौरव महसुस गरेको प्रहरी निरिक्षक शैलेश्वरी बोहराले बताईन् ।

संगठनले दिएको जिम्मेवारीलाई आफ्नो कला कौशल र बल बुद्धिले भ्याए सम्म राम्रो गरेर देखाउने हो, म त्यसैमा लागि परेकी छु, प्रहरी निरिक्षक बोहराले भनिन्, “ प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक केहि दिन कार्यालय बाहिर रहनु भएका कारण मलाई यो जिम्मेवारी मिलेको हो । मैले पाएको जिम्मेवारीलाई पुर्ण पालना गरी शान्ति सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनु मेरो पहिलो जिम्मेवारी तथा दायित्व समेत हो ।”

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक बोहरा जिल्लाका राजनैतिक दल, नागरिक समाज, संचारकर्मी तथा आम सर्वसाधारणका सामु समेत असल छवि र मित्रवत व्यवहार भएकी प्रहरी अधिकृतको रुपमा परिचित छिन् ।

आफ्ना समस्याहरु लिएर जिल्ला प्रहरी कार्यालय छिर्ने जो कोहीलाई प्रहरी निरिक्षक बोहराले नियम कानुनको परिधि भित्र रही सहजीकरण गरी उनीहरुको काम गर्ने गरेको कपिलवस्तु नगरपालिका वडा नं. १ का अध्यक्ष जाहिद खांले बताए । साभार ई साझा न्युज

कपिलवस्तु प्रहरीको कमाण्ड सम्हाल्दै महिला प्रहरी निरिक्षक बोहरा

लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?