Logo

वडा नं. ४ का वडाध्यक्ष गोपाल पुन निष्क्रिय, वडावासी आक्रोशित

Samachar Rekhanews २८ असार २०८०, बिहीबार २०:०३ मा प्रकाशित

चुनाव जित्नु भन्दा पहिला ठूला ठूला कुरा गर्ने नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष गोपाल पुन अहिले निष्क्रिय भएका छन् ।

४ नं. वडाको वडाध्यक्ष पदको कुर्सी हात पार्ने बित्तिकै वडाको समस्याप्रति उनको ध्यान पटक्कै जाने गरेको छैन ।

समस्याको निराकणका लागि पटक–पटक वडा कार्यालयमा पुगेर आग्रह गर्दा पनि उनले ध्यान दिने गरेका छैनन् ।

केही दिन अगाडि हप्ता हप्तामा विशेष  सरसफाइ अभियानका नाममा फोटो खिचाउने काम भएको पनि थियो ।तर सरसफाइ को नाममा नाटक ।

सरसफाईप्रति पनि वडाध्यक्ष गोपाल पुनले ध्यान दिने गरेका छैनन् । वडाको घोसीटोलमा फोहोरको थुप्रो लागेको छ जसको सरसफाई गर्न पटक–पटक आग्रह गरिएपनि सरसफाईको काम अहिलेसम्म भएको छैन ।

समाचाररेखा राष्ट्रिय दैनिकका प्रधानसम्पादक समिर अलीले सरसफाई गराइदिन वडा सदस्य सग आग्रह गर्दा समेत वडाध्यक्षले यसतर्फ ध्यान दिएका छैनन् ।

यसरी हेर्ने हो भने ४ नं. वडामा विभिन्न समस्याहरु विद्यमान रहेका छन् तर ती समस्याहरुको निराकरण नगरि वडाध्यक्ष गोपाल पुन लापरवाह बनेका छन् ।
वडाध्यक्ष गोपाल पुनको यस रवैयाप्रति वडावासीहरु निकै आक्रोशित बनेका छन् ।

वडा नं. ४ का वडाध्यक्ष गोपाल पुन निष्क्रिय वडावासी आक्रोशित

लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?