Logo

कर्णाली पुलबाट १७ जना हामफाले, एकजना बेपत्ता

Samachar Rekhanews १२ चैत्र २०८०, सोमबार २३:१७ मा प्रकाशित

कैलाली चैत १२ गते ।
कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकसाथ १७ जनाले हाम फालेका छन् । हाम फाल्नेमध्ये एकजना बेपत्ता भएका छन् ।

कर्णाली पुलबाट नदीमा हाम फालेर लम्कीचुहा नगरपालिका–३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए । उनले भने,‘नदीमा डाइभ हानेर अरू उत्रिएको र एकजना बेपत्ता भएका छन्, हामी खोज्दै छौँ ।’

सो समूहले नदीमा डाइभ हान्दा एकजना साथी बेपत्ता भएको जानकारी प्रहरीलाई दिएको हो । जानकारी पाएपछि खोजीकार्य सुरु गरिएको डीएसपी चन्दले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?