Logo

नगरभित्र रहेका सडकको पेटी खाली गराउने अभियान

Samachar Rekhanews ३ असार २०७९, शुक्रबार २३:०५ मा प्रकाशित

३ असार, नेपालगञ्ज
नेपालगञ्ज उपमहानगरपालिका का नगर प्रहरी र ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालयको संयुक्त आयोजनामा नगरभित्र रहेका सडकको पेटी खाली गराउने अभियान छेडिएको छ ।

केहि दिनदेखि थालिएको यो अभियान निरन्तर रुपमा चलिरहेको छ ।

यस क्रममा शुक्रवार पनि वडा प्रहरी कार्यालयदेखि त्रिवेणीमोड सम्म रहेको सडक पेटीमा रहेको अतिक्रमण हटाउने कार्य सम्पन्न गरिएको छ ।

सडक पेटीमा रहेको अतिक्रमण हटाउने कार्य थालिएपछि अधिकांश नगरवासी खुशी देखिएका छन् । पैदल हिँड्ने यात्रुहरुलाई यसबाट निकै सहज हुने उनिहरुले बताएका छन् ।
यसबीच नेपालगन्ज उपमहानगरपालिका ले केहि दिनदेखि उपमहानगरपालिका भित्र सडकको दायाँ र बायाँपट्टि रहेको पेटी खाली गराउने अभियान छेड्दा केहि असन्तुष्टि पनि देखिएको छ ।

अहिलेसम्म त्रिवेणीमोड, बिस्कोरियनटोल लगायत स्थानमा अतिक्रमण गरिएको पेटी विभिन्न पसलेहरुबाट मुक्त गराई सकिएको छ तर अब केहि दिनपछि पेटीको अतिक्रमण हटाउने कार्यमा उपमहानगरपालिका लाई कठिनाई हुने अवस्था सिर्जित हुन थालेको छ ।

यसको कारण हो कि उपमहानगरपालिका बस्ने केहिहरुले पेटीमाथि नै भ¥या· खडा गरि घरभित्र आउने जाने जस्तो बनाएका छन्, उमनपाले त्यस्तो अवैध रुपले निर्माण गरिएको भ¥या· हटाउने कार्य गरेको छैन तर सर्वसाधारणलाई मर्कामा पार्न पेटी खाली गराउने कार्य शुरु गरेकोले यसको नगरमा विरोध पनि हुन शुरु भएको छ

यस सम्बन्धमा नगरमा बस्ने एक जना स्थानीय वासिन्दा आफ्नो नाम नबताउने शर्तमा भन्छन्, ‘उपमहानगरपालिका ले खटाएको संयुक्त प्रहरी टोली पेटी खाली गराउने क्रममा सरसामान उठाएर लग्ने गरेको छ । प्रहरीको संयुक्त टोलीको यस्तो क्रियाकलाप चाहिँ गलत हो पेटी खाली गराउनु भन्दा पहिले केहिले पेटीमाथि खडा गरेको भ¥या· हटाउनु पर्छ अनिमात्र नगरमा रहेको पेटी अतिक्रमण मुक्त गराउँदा बेस होला ।’

यसबीच नेपालगञ्ज उपमहानगरपालिका का नगर प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त आयोजनामा नगरभित्र रहेका सडकको पेटी खाली गराउने अभियान निरन्तर रुपमा आगामी दिनहरुमा पनि जारी रहने जानकारी प्राप्त भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?