Logo

नेपालगन्जमा अहिलेसम्मकै ठूलो सामुहिक इफ्तार : तीन हजार बढिको सहभागिता

Samachar Rekhanews १० चैत्र २०८०, शनिबार ००:४१ मा प्रकाशित

बाँके चैत ९ गते ।
नेपालगन्जमा तीन हजार बढिले सामुहिक इफ्तार गरेका छन् । रमजान महिनाका ११ औँ दिनको बेलुका करिव साढे ६ बजे नेपालगन्जका तीन हजार बढि इस्लाम धर्मावलम्वीले वडा नं. ५ स्थित वडा प्रहरी कार्यालय नजिक सामुहिक इफ्तार गरेका हुन् । नेपालगन्जमा यो नै सवैभन्दा धेरै जना सहभागी भएको इफ्तार कार्यक्रम हो ।

इस्लाम धर्मावलम्बीको महान पर्व रमजान फागुन २९ गतेदेखि सुरु भएको छ । पानीसमेत नखाएर निहार ब्रत बस्ने रमजानको ११ औँ दिनमा नेपालगन्ज उपमहानगरपालिका ५ का वडा अध्यक्ष सराफत हुसेन शेषको नेतृत्वमा सामुहिक इफ्तार कार्यक्रम गरिएको हो । इफ्तार कार्यक्रममा दिनभर निराहार ब्रत बसेका इस्लाम धर्मावलम्वीसँगै हिन्दू धर्मावलम्वीले समेत सहभागिता जनाएका छन् ।
इफ्तार कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्टको समेत सहभागिता रहेको थियो । इफ्तारमा सहभागी मेयर विष्टले सामुहिक इफ्तार कार्यक्रमले नेपालगन्जमा मात्र नभई विश्वभर धार्मिक सद्भावको सन्देश दिएको बताए । ‘सामुहिक इफ्तार कार्यक्रमले नेपालगन्जलाई सामाजिक एवम् धार्मिक सद्भावको सहरको रुपमा विश्वभर चिनाउन मद्दत गरेको छ,’ उनले भने ।

सामुहिक इफ्तारमा सहभागी भएका नेपालगन्जका उपमेयर कमरुद्दिन राईले पनि यस्ता कार्यक्रमले सामाजिक एवम् धार्मिक सद्भावमा टेवा पुग्ने धारणा राखे । उनले एउटा समुदायले अर्को समुदायको चाडपर्वको सम्मान र सहभागिताले आपसी भाइचारालाई बलियो बनाउने धारणा राखे ।
इफ्तार कार्यक्रममा सहभागी लुम्विनी प्रदेशका सांसद आदेशकुमार अग्रवालले पानीसमेत नखाएर कठिन ब्रत बस्ने रम्जानले शान्ति, सद्भावमा बल पुगेको बताए । उनले एकले अर्काको धर्म र आस्थाको कदर गर्न सकेको खण्डमा धार्मिक एवम् सामाजिक सद्भाव बलियो हुने बताए ।

सामुहिक इफ्तार आयोजना गरेका वडा अध्यक्ष सराफत अलि शेषले सामाजिक एवम् धार्मिक सद्भावका लागि कार्यक्रम गरिएको बताए । उनले दिनभर निराहार ब्रत बसेका ब्रतालुको सम्मानमा सामुहिक इफ्तार कार्यक्रम गरिएको बताए । उनले आगामी दिनमा पनि यस्तै सामुहिक इफ्तार लगायत अन्य सामाजिक कार्यमा सरिक हुने प्रतिवद्धता जनाए ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?