Logo

नेपालगन्जमा एभिएसन म्युजिम संचालनमा

Samachar Rekhanews ३० पुष २०७८, शुक्रबार १८:४७ मा प्रकाशित

जियाउल मुस्तफा कादरी
नेपालगन्जमा एभिएसन म्युजिम संचालनमा
नेपालगंज—आज एभिएसन म्युजिमका संचालनमा आएको छ नेपालगञ्ज उपमहा नगरपालिका र बेद उप्रेती ट्रष्टको सहकार्यमा स्थापना भएको यो म्युजियम २०७६ माघ १ गते देखि सञ्चालनमा आउन लागेको हो । Cosmic Air को Fokker 100 जेट विमान भित्र यो म्यूजियन सञ्चलन भएको छ । यो म्युजिम मनोरंजन युवा पुस्तालाई उत्प्रेरित गर्ने,हवाई इतिहास बारे जानकारी गराउने,उड्ययन क्षेत्रको वर्तमान अवस्था र भविष्यका सम्भावना र चुनौतीहरुका बारेमा जानकारी दिने,नेपालगञ्जमा एउटा नँया पर्यटकीय केन्द्रको स्थापना गर्ने,एडुकेशलन म्युजिमका माध्यमले सबैलाई ज्ञान र मनोरञ्जन एकैसाथ प्रदान गर्ने छ साथै विद्यार्थीहरुकोलागि प्रेरण र प्रोत्साहनको केन्द्रबनाउने यो म्युजिमको उद्देश्य रहेको छ । यो म्युजिम भित्र लुम्बिनी प्रदेश,कर्णली प्रदेश,सुदुरपश्चिम प्रदेश र सागरमाथा क्षेत्रका आर्कषक तस्विरहरु पनि राखिएका छन् । साथै म्युजिम भित्र म्युजिम बारे ७ मिनेटको डकुमेन्ट्री पनि हेर्न सकिन्छ । यो जहाज कैलालीको धनगढीबाट ल्याएको छ । यो जहाज काठमाण्डौं देखि दिल्ली र दिल्ली देखि काठमाण्डौं सम्म उडान गरेको र जहाज ९ वर्ष सम्म संचालनमा आएको थियो । संचालन पछि म्युजिममा ल्याएको छ । यो म्युजिम एक करोड ८० लाखको लागतमा संचालनमा आएको छ । एभिएसन म्युजिम प्रत्येक दिन बिहान १० बजे देखि साझँ ५ बजे सम्म खुल्ने छ । यस म्युजिमका संचालक क्याप्टन वेद उप्रेतीले जानकारी दिनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?