Logo

नेपालगन्जमा होलीको रौनक  (तस्बिरहरू

Samachar Rekhanews १२ चैत्र २०८०, सोमबार १४:१९ मा प्रकाशित

नेपालगन्ज बाँके । तराईका जिल्लाहरूमा आज होली पर्व मनाउदै । नेपालगन्ज उपमहानगरपालिका खजुरा गाउपालिका सैनिक नरैनापुर विभिन्न ठाउँमा होली धुमधमका साथ मनाउदै ।

यसैगरी नेपालगन्जमा पनि बिहानैदेखि होली पर्वको रौनक सुरु भएको छ । स्थानीयवासीले एक अर्कालाई रङ्ग र अबिर दलेर खुसीयाली साटासाटसँगै होली मनाइरहेका छन् ।

नेपालगन्जको मुख्य बजार त्रिभुवन चौकमा सदरलाईन न्युरोड घरवारी टोल धम्बोजी बेलसपुर होली मनाउनका लागि मानिस जम्मा भइरहेका छन् । खासगरी नेपालगन्जको त्रिबेनीमोड सदरलाईनमा होली धूमधामले मनाउने चलन भएकाले अहिलेदेखि सो नेपालगन्ज उपमहानगरपालिका को टोल टोलमा भिडभाड बढ्न थालेको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ्ग र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अवसरमा सरकारले आज तराइका जिल्लाहरूमा बिदा दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?