Logo

नेपालगन्ज नगर प्रमुखको कार्यालयमा ४ बजे नै ताला किन

Samachar Rekhanews १४ चैत्र २०८०, बुधबार २२:३८ मा प्रकाशित

चैत:१४ नेपालगन्ज आशिष मल्ल ठकुरी
भ्रष्टाचार विरुद्धका अभियान्ता सुर्य प्रशाद रिजाल भन्छन नेपालगन्ज उ.प.महानगरपालिकाको नगर भित्र रहेका अतिक्रमण गरेर बनाइका घरटहरा लगायत सर्बजनिक सम्पत्तिको अतिक्रमण मठमन्दिर जस्ता चिज ब्यक्ति र वडा सदस्य कै कब्जामा हुँदा समेत नगरपालिका किन मौन छ?भन्ने बिषयमा गुनासो गर्न जादै गरेको दुईदिन बितिसकेको र दुईदिनसम्म मेयर प्रशान्त बिष्टलाई कार्यालयमा नभेटेपछि आपत्ति जनाएकाछन,

नेपालगन्ज नगरको अतिक्रमण हटाउन सर्बोच्च अदालत लगायत जिल्ला अदालत बाँकेबाट भएका फैसला कार्यान्वयन गर्न नेपालगन्ज उ.प.महानगरपालिकासँग माग गर्दा समेत अतिक्रमण गरेका संरचना भत्काउन जिल्ला प्रशासन कार्यालय बाँके हुँदै नगरलाई समेत दिएको पत्रको पालना नभएको बताउनुभयो

भ्रष्टाचार विरुद्धको अभियानमा जुटेका युवा रिजालले बुधबार जानकारी लिन खोज्दा कार्यालयमा मेयर बिष्ट नभएपछि जनताले गुनासो पोख्ने ब्यबस्था नै नरहेको जानकारी दिनुभयो,

यसैगरी नेपालगन्ज उ.प.महानगरपालिका वडा नम्बर ११ मा रहेको शिव पार्वती मन्दिरको जमिन समेत नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ११ का वडा सदस्यको कब्जामा रहेको हुँदा अदालतले समेत उक्त जमिन मन्दिरकै रहेको उल्लेख गरेपनि मेयर प्रशान्त बिष्ट वडा सदस्यकै बचाउमा लागेको आरोप लागेको अभियान्ता रिजालले जानकारी दिनुभयो,

नेपालगन्ज नगरकै हाताभित्र रहेको वडा नम्बर १८ मा समेत केही ब्यक्तिले सर्बजनिक जमिन कब्जा गरेर बसोबास गरेको र उक्त जमिन तत्काल खाली गरि अदालतको फैसलालाई कार्यनयन गर्न पत्रचार हुँदा समेत मेयर मौन रहेकाछन,
अदालतको निर्णयलाई लत्याउदै सर्बजनिक जमिन कब्जा गर्ने ब्यक्तिकै समर्थनमा पूर्णत नगपालिकाको न्यायीक समितिमा उजुरी दिन मेयर बिष्टले भुमाफियालाई उकास्ने गरेको रिजालको भनाई रहेको छ,

अभियान्ताले नगरसँग अदालतले,नगरमा देखिएको अतिक्रमण हटाउन आदेश दिँदा समेत किन नहटाइएको यसमा आफुलाई शंका लागेको बताउनुभयो।

अदालतको आदेश तत्काल कार्यान्वयन गर्न र अतिक्रमण हटाउन अभियान चलाउन जोडदार माग गर्ने गरि रिजाल नगरमा जादा ४ बजेको समयमा नै नगर प्रमुखको कार्यालयमा ताला झुन्डिएको देखियो रिजालको भनाई रहेको छ,

सार्वजानिक सम्पतिको अतिक्रमण हटाउन, छाडा चौपाय व्यवस्थापन गर्न, युवा स्वरोजगार कार्यक्रम थालनी गर्न र खाल्डाखुल्डी परेका सडक मर्मत गर्न र बिजुली लगायतका तार भूमिगत गर्न माग गर्न जादा नगर प्रमुख नै नरहेको उहाँको भनाई रहेको छ,


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?