Logo

बाँकेका सार्वजनिक सवालमा पहल गर्न समिति निर्माण

Samachar Rekhanews १३ जेष्ठ २०८०, शनिबार ०९:२४ मा प्रकाशित

१३ जेठ, नेपालगञ्ज । बाँके जिल्लाको समग्र विकास र सवाललाई स्वःस्फूर्त रुपमा पहल तथा निकासका लागि नेपालगञ्ज काठमाण्डौ समन्वय समिति निर्माण भएको छ ।
नागरिक अगुवाहरुको शुक्रवार बसेको एक भेलाले कुनै पनि राजनीतिक दलबाट प्रभावित नभई जिल्लाको सवाललाई उठान गर्न सबैको भूमिका प्रभावकारी बनाउनका लागि एउटा सञ्जाल निर्माण गरिएको हो ।
सञ्जालले आर्थिक, सामाजिक, र सांस्कृतिक विकास र उत्थानका लागि सक्त रुपमा वकालत गर्नका लागि सञ्जालको गठन गरिएको हो । पूर्व न्यायाधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीको संयोजकत्वमा १२ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा कन्हैयालाल टण्डन, पशुपतिदयाल मिश्र, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, कृष्णमुरारी प्रसाद भट्ट, मो. अयुब सिद्दिकी, चित्रबहादुर केसी, अजय टण्डन, विश्वजित तिवारी, राजेश जैन र राकेश मिश्र रहेका छन् ।
शुक्रबार गठन भएको समिति विस्तारका क्रममा बाँके जिल्ला सांसद, मन्त्री, पुर्वमन्त्री, बुद्धिविजी, सामाजसेवी, कुटनीतिक नियोगका प्रतिनिधि, लगायतलाई सदस्य तथा सल्लाहकारमा राखिनेछ । ती सबै क्षेत्रका अगुवाहरुसंग विभिन्न विषय बस्तु तथा समस्याका बारेमा छलफल गरि कार्ययोजना समेत निर्माण गरिनेछ ।
बाँके जिल्लाबाट राजधानी काठमाण्डौमा रहेकाहरुलाई समेत समेटिने संयोजक सिद्दीकीले बताए । पश्चिम नेपालकै प्रमुख केन्द्रको रुपमा रहेको नेपालगञ्ज क्षेत्रको समग्र विकास र सार्वजनिक सरोकारको सवाललाई सम्वन्धित निकायमार्फत समाधानका लागि समितिले विशेष रुपमा स्वतन्त्र रुपमा काम गर्ने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?