Logo

बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत असई गजेन्द्र सिंह भण्डारी आठ हजार घुससहित पक्राउ

Samachar Rekhanews २६ पुष २०८०, बिहीबार ०६:०७ मा प्रकाशित

बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत असइ गजेन्द्र सिंह भण्डारी घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोेलीले उनलाई आठ हजार घुससहित कार्यालयबाटै पक्राउ गरेको हो ।

असई भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै घुस लिएका थिए ।

घुस लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचा, बाँकेबाट नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।

बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत असई गजेन्द्र सिंह भण्डारी आठ हजार घुससहित पक्राउ

लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?