Logo

बाँके युनेस्कोद्धारा १६९ अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी

Samachar Rekhanews १८ पुष २०८०, बुधबार १६:०५ मा प्रकाशित

नेपालगन्ज, पुस १८ । कतार च्यारिटी नेपालसँगको साझेदारी र बाँके युनेस्को क्लब तथा हिल नेपालसँगको सहकार्यमा यहाँ सञ्चालित सामाजिक सुरक्षा परियोजना अन्तर्गत अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी रहेको छ ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले दिनु भएको जानकारी अनुसार सामाजिक सुरक्षा परियोजना अन्तर्गत गरिबी र आर्थिक विपन्नताका कारण शिक्षाको पहुँचबाट बन्चित अनाथ बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिंदै आएको बताउनुभयो ।
उहाँले यो कार्यक्रम प्रायोजन कार्यक्रम रहेको जनाउँदै गत पाँच वर्षबाट सञ्चालनमा रहेको र हाल सो परियोजनाबाट बाँकेका विभिन्न विद्यिालयमा अध्ययनरत १६९ अनाथ बालबालिकाले सो प्रायोजन शैक्षिक सहयोग पाईरहेको बताउनुभयो ।
प्रायोजन सहयोग पाउनेहरुमा १०० जना बालक र ६९ जना बालिका रहेको र उनिहरु सामुदायीक, निजि र मदरसा लगायतका विभिन्न विद्यालयमा अध्ययन गरिरहेको अध्यक्ष तुलाधरले बताउनुभयो ।
ती अनाथ बालबालिकाको शिक्षामा निरन्तरता र अन्य आवश्यक आधारभूत आवश्यकताहरू पुरा गराउन उनिहरुलाई मासिक ६ हजार रुपियाँका दरले सहयोग गर्दै आएको बाँके युनेस्को क्लबले जनाएको छ ।
सो रकमबाट ती बालबालिकाले विद्यालयको पढाई शुल्क तिर्नुका साथै अन्य शैक्षिक सामाग्री खरिद लगायत अन्य आवश्यकताहरु पुरा गर्दै आएको बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत गुलाम गौसले बताउनुभयो ।
उहाँले सो परियोजना अन्तर्गत सहयोग पाउने बालबालिकाको पढाइमा भएको सुधार, समस्या र चुनौतीको मूल्याङ्कन गरेर प्रगति प्रतिवेदनका बारेमा जानकारी लिई सुधारका लागि सुझाव दिन विद्यालयका शिक्षक, सामाजिक परिचालक र बालबालिकाका आफन्तसंग बारम्बार भेटघाट र छलफल गर्ने कार्य भइरहेको बताउनुभयो ।
यो सहयोगले अनाथ बालबालिकाको पढाईमा ठुलो मद्दत मिलिरहेको ती बालबालिकाका आफन्तले जनाएका छन् ।

बाँके युनेस्कोद्धारा १६९ अनाथ बालबालिकालाई शैक्षिक सहयोग जारी

लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?