Logo

ब्राउनसुगर सहित दुईजना जमुनाह प्रहरीको फन्दामा

Samachar Rekhanews २१ माघ २०८०, आईतवार ०५:११ मा प्रकाशित

जमुनाह प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपाल–भारतको सीमा क्षेत्र जमुनाह नाकाबाट जिल्ला कंचनपुर महेन्द्रनगर नगरपालिका–३ बस्ने २९ वर्षीय तिर्थराज पन्थ र जिल्ला बहराइच रुपैडिया बस्ने २५ वर्षीय अनवर हुसेनलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । रुपैडिहाबाट मोटरसाइकलमा सवार नेपालतर्फ आउँदै गरेको दुईजनालाई विषेश सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा आलुभित्र लुकाई राखेको अवस्थामा ६ ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगी जानकारी दिए ।

डाँगीका अनुसार पक्राउ परेका उनिहरुले आलुको बोरा भित्र आलुको दानामा उक्त लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ लुकाएर राखेको अवस्थामा जमुनाह प्रहरी कार्यालयका इन्चार्ज सइ नवीन रिजालको कमाण्डमा खटिएको टोलि र लागू औषध व्यूरोको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?