Logo

युवा नेता अब्दुल अजीज मलिकले टाेपी दिवसकाे अवसरमा राष्ट्रिय पहिचान संकटमा परेको भन्दै प्रहरीलाई ढाका टाेपी ६० थान हस्तान्तर

Samachar Rekhanews १६ पुष २०८०, सोमबार १९:५० मा प्रकाशित

नेपालगन्ज । नेपाली राष्ट्रिय पोसाक तथा नेपालगन्जकाे वडा प्रहरी कार्यालयलाई नेपाली टाेपी हस्तान्तरण गरिएकाे छ । सामाजिक अभियान्ता तथा युवा नेता अब्दुल अजीज मलिकले साेमबार उक्त टाेपी हस्तान्तरण गरेका हुन् ।

वडा प्रहरीलाई ६० थान टोपी हस्तान्तरण गरिएकाे उनले बताए । राष्ट्रिय पाेसाक तथा टाेपी दिवसकाे अवसरमा टाेपी लगाएर शुभकामना आदानप्रदानसमेत गरिएकाे थियाे ।

अजीज मलिक एक सामाजिक अभियान्तासँगै उदाउँदा नेता पनि हुन । उनका अनुसार नेपालमा अन्तराष्ट्रिय नयाँ वर्ष धुमधाम मनाउँदै गर्दा कतै हामीले नेपाली परम्परा बिर्सिएका हौकी भनेर यो कार्यक्रम गरिएको बताएका छन् । उनले, `राष्ट्रिय पहिचान संकटमा परेको भन्दै यसलाई बचाउन यो कार्यक्रम गरेको हुँ ।´ उनले सुनौलोपत्र टीममार्फत अहिलेको युवापुस्ताले हाम्रो नेपाली कला संस्कृतिलाई जोगाई राख्न पनि अनुरोध गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?