Logo

सल्यानका पाँच स्थानीय तहले बजेट ल्याएनन्

Samachar Rekhanews ११ असार २०७८, शुक्रबार १०:१४ मा प्रकाशित

सल्यान असार ११ गते ।
सल्यानका पाँच स्थानीय तहले बजेट ल्याउन सकेनन् । १० वटा पालिका रहेको सल्यानमा बाग्चौर, बन्गाड कुपिण्डे नगरपालिका, छत्रेस्वरी, कपुरकोट र कुमाख गाउँपालिका गरी पाँच स्थानीय तहले आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन् ।

असार १० गतेभित्र पेस गरिसक्नुपर्ने प्रावधान भएपनि तयारी नपुगेको भन्दै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउन नसकेको बताइएको छ । विषयगत छलफल भइरहेपनि अन्य तयारी नपुगेकाले नीति तथा कार्यक्रम तोकेको समयमा ल्याउन नसकेको र तयारी नपुग्दा सार्वजनिक गर्ने मिति समेत तय गर्न नसकेको बन्गाड कुपिण्डे नगरपालिका उपप्रमुख मन्जु यरीले बताउनुभयो ।

बाग्चौर नगरपालिकाभित्र अझै कोरोना संक्रमित धेरै भएका र आइसोलेसनमा पनि बिरामी उपचाररत भएकाले बिरामीको उपचारमै ध्यान केन्द्रित भएका कारण नीति तथा कार्यक्रम सार्वजनिकका लागि समय दिन नसकेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले बताउनुभयो ।

नीति तथा कार्यक्रम ल्याउन नसकेका स्थानीय पालिकाले असार २० गतेसम्म ल्याउने योजना बनाएको बताएका छन्


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?