Logo

साउदीमा कोरोना संक्रमित एकतिर घटिदै अर्कोतिर थपिँदै

Samachar Rekhanews १२ जेष्ठ २०७८, बुधबार ००:४० मा प्रकाशित

कोरोनाले साउदीमा मंगलबार १४ जनाको मृत्यु

अरशद शेष राई
साउदी अरेबिया जेठ ११ गते ।
कोरोना भाइरसको महामारीले विश्वभरका मुलुकहरुमा दोस्रो र तेस्रो लहर आइरहँदा खाडी मुलुक साउदी अरेबियामा पनि पुन: एक पटक कोरोना भाइरसले चेतावनी दिएको छ । विगत एक हप्ता देखि साउदी अरेबियामा उपचारपछि निको हुने भन्दा नयाँ भेटिने कोरोना संक्रमितको संख्या थपिँदै गएका छन् ।

बिगत एक हप्तादेखि साउदी अरेबियामा कोरोना संक्रमित भई उपचारपछि निको हुनेको संख्या भन्दा नयाँ भेटिने कोरोना संक्रमितको संख्या दिनप्रति बढ्दै गएको साउदी स्वास्थ्य मन्त्रालयको एक तथ्यांकले देखाएको हो ।

साउदी अरेबियामा मंगलबार एक हजार तीन सय ८९ जना नयाँ कोरोना संक्रमितहरु भेटिएका छन् जबकि मंगलबार मात्रै उपचारपछि निको भई घर फर्किनेको संख्या ९ सय १२ जना रहेको छ । कोरोना संक्रमणले गर्दा साउदी अरेबियामा मंगलबार १४ जनाको ज्यान गएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार साउदी अरेबियामा नयाँ भेटिएका कोरोना संक्रमित मध्ये साउदी अरेबियाको पबित्र शहर मक्का ४ सय २२, राजधानी रियाद ३ सय ८०, पूर्वी क्षेत्रमा १ सय ६३, पबित्र शहर मध्येको एक मदिना १ सय ५, असिर ६७, जजान ६६ तथा अन्य शहरहरूमा गरी १ हजार ३ सय ८९ जना नयाँ कोरोना संक्रमितहरु भेटिएका हुन् ।

कोरोना भाइरसका कारण साउदी अरेबियामा हालसम्म संक्रमित हुनेको संख्या ४ लाख ४३ हजार ४ सय ६० जना रहेका छन जबकी हालसम्म उपचारपछि निको भई घर फर्किनेको जम्म संख्या ४ लाख २६ हजार ५ सय ८९ जना पुगेको साउदी स्वास्थ्य मंत्रालयको बिज्ञप्तीमा उल्लेख छ ।

कोरोना भाइरस अर्थात् कोभिड – १९ ले गर्दा साउदी अरेबियामा हालसम्म ७ हजार २ सय ७८ जनाको मृत्यु भइसकेको छ । साउदी अरेबियामा हाल ९ हजार ५ सय ९३ जना सक्रिय कोरोना भाइरसका संक्रमितहरु रहेका छन् भने १ हजार ३ सय ४८ जना कोरोना संक्रमित गम्भीर अवस्थामा रहेको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?