Logo

२ सय पचास रुपैयाँमा मोटरबोटमा सय

Samachar Rekhanews ११ चैत्र २०८०, आईतवार २०:२१ मा प्रकाशित

११ चैत्र, नेपालगञ्ज । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ।
१ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परिक्षणकालिन व्यवसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा भब्य उद्घाटन गर्ने तयारी गरेको संचालक बि.बि. (बिष्णु) ढकालले बताए ।
खासै प्रयोगमा अनाएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ ।
कम्पनीले वाटरपार्कमा मोटरबोट संचालन गरे वापत नेपालगञ्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।
पर्यटकले मोटरबोट चढ्न २ सय पचास रुपैयाँ तिर्नुपर्छ । बाह्रसय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।
नेपालगञ्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावरस्पोर्ट्स, फ्लोटिङ रेष्टुरेण्ट, अपोजिट बन्जि, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।
यस अघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट संचालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?