Logo

खजुरा युवा क्लबद्वारा क्यान्सर अस्पतालमा वृक्षारोपण तथा बिरामीलाई फलफुल बितरण

Samachar Rekhanews २८ श्रावण २०७९, शनिबार २१:४९ मा प्रकाशित

नेपालगन्ज : खजुरा युवा क्लबको स्थापना दिवसको उपलक्षयमा खजुरा स्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालको प्राङ्गणमा वृक्षारोपण तथा बिरामी हरुलाई फलफुल बितरण गरिएको गरिएको छ ।

खजुरा युवा क्लबले आफ्नो स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा बिरामी हरुलाई फलफुल बितरण सामाजिक कार्य गरेको हो ।

क्लबका अध्यक्ष राजु कोइरालाको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवी राजेन्द्र आचार्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिमा क्यान्सर अस्पतालका लेखा अधिकृत, क्लबका सल्लाहकार कल्याण राज श्रेष्ठ, युवा समाजसेवी पिताम्बर लामिछाने, निकेश लामिछाने लगायत खजुरा युवा क्लब पदाधिकारी साथै क्लबका खेलाडीहरुको उपस्थिती रहेको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र आचार्यले औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै क्लबले सामाजिक कार्यहरुमा सधै यसरि नै अग्रसर रहन र सामाजिक कार्य गर्न शुभकामना दिदै क्लबलाई सधै साथ र सहयोग रहने बताएका थिए ।

क्लबले क्यान्सर अस्पतालमा हाल भर्ना रहेका २० जना बढी बिरामीहरुलाई फलफुल बितरण र २० बिरुवा क्यान्सर अस्पतालको प्राङ्गणमा रोपिएको क्लबका सचिब उत्सब सिजाली मगरले गराएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?