Logo

नरैनापुरको विषयमा मन्त्री अथकद्वारा उर्जा र कृषि मन्त्रीसँग छलफल राहत प्याकेजको प्रस्ताव मन्त्रीपरिषदमा लैजान आग्रह

Samachar Rekhanews २३ भाद्र २०७९, बिहीबार १७:३८ मा प्रकाशित

२३ भाद्र, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।
बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गर्नुभएको हो ।
लामो समयदेखिको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरीएको जानकारी गराउँदै मन्त्री अथकले त्यस क्षेत्रमा तत्काल डिप बोरिङको ब्यवस्था गरीदिन उर्जा मन्त्री भुसालसँग माग गर्नुभएको छ । सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरिकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिँदैं मन्त्री अथकले तत्कालका लागि डिप बोरिङ र दिर्घकालीन रुपमा सिक्टा सिंचाइ आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिंचाइको ब्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताउनु भएको थियो ।
जवाफमा उर्जा मन्त्री भुसालले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।
यसैबिच मन्त्री अथकले बुधबार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकहरुलागी तत्काल राहत प्याकेज ल्याउन आग्रह गर्नुभएको छ । अर्थ मन्त्री र आफुले समेत त्यस क्षेत्रको स्थलगत निरिक्षण गरी सकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकले आग्रह गर्नुभएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?