Logo

महान पर्व मोहर्रम अन्तर्गत आज ७ औ दिन आलम र मातम जुलुस

Samachar Rekhanews २१ श्रावण २०७९, शनिबार २१:५८ मा प्रकाशित

२१ श्रावण, नेपालगञ्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रम अन्तर्गत आज आलम र मातम जुलुस निस्कने भएको छ ।
आइतवारदेखि शुरु भएको मोहर्रम पर्व अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजन हुँदै आएको छ । यसै अन्तर्गत आज भव्य आलम र मातम जुलुस निस्कने भएको छ ।
यसैगरि आगामी दिनहरुमा आगोको मातम गर्ने र श्रावण २३ गते राती भाकल राखी पायक भर्ने, ताजियादारी र विभिन्न किसिमको झाँकी गरी राती जाग्राम बस्ने र २४ गते सो ताजिया फुल्टेक्राको कर्बला मैदानमा विसर्जन गर्ने कार्यक्रम रहेको छ ।
मोहर्रम पर्वमा मुस्लिम समुदायका सुन्नी समुदाय नयाँ वर्षको अवसरमा खुशियालीका साथ मनाउने गर्छन् भने मुस्लिम समुदायका शियाहरु यसलाई दुःखको रुपमा मनाउँदै आएका छन् ।
शताब्दीयौं अघि ईराकमा यजीद शासकको सेनाले हजरत इमाम हुसैन सहित उनीको परिवार सदस्य, आफन्त र अन्य कैयन साथीहरुको नृशंसतापूर्वक नरसंहार गरेका थिए ।
विश्व भरी नै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व नेपालगञ्जमा पनि शताब्दीयौंदेखि मनाइँदै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?