मुख्य समाचार
नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनको लोगो सार्वजनिक | दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १० जनाभन्दा बढी घाइते | डुडुवाद्वारा योजना कार्यान्वयन | बासद्वारा कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रमको आयोजन | बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह | खजुरा रोड मानपुर नजिक मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर बस्नेतको निधन | श्री रामनवमी पर्व आज भक्तिभावपूर्वक मनाइँदै | नेपालगञ्जमा रात्रीकालिन ‘राजा खान नेपालगञ्ज टी १२ क्रिकेट’ प्रतियोगिता हुँदै | कृष्णनगरको रानी ग्राउंडमा चैत २३ गते देखी नाईट क्रिकेट आरम्भ | लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ |

नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त

Samachar Rekhanews 49+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक ९एआईजी० थापालाई आईजीपी नियुक्त गरेको हो । 

मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को प्रमुख रहेका थापा प्रहरीको ३१ औं आईजीपी बन्न सफल भएका छन् ।  आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए ।

प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।  

२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका थिए । 

मन्त्रिपरिषद्ले मेरिटअनुसार थापालाई नियुक्त गरेको छ । यसअघि कुँवर पनि मेरिटको आधारमा बढुवा भएका थिए । प्रहरीको ऐनमा परिवर्तन नभए नवनियुक्त आईजीपी थापाले करिब ६ महिना ८९ हजार फौजको कमान्ड गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार