मुख्य समाचार
धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध |

इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो

Samachar Rekhanews 129+ समाचार ( )
२२ माघ २०८२, बुधवार

स्वर्गीय भएकाहरुको स्मरणमा शबेबरात मनाइयो

२१ माघ, नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइएको छ ।

संसारबाट विदा भई स्वर्गीय भएकाहरुको स्मरण र उहाँहरुको आत्माको शान्तिको लागि यो पर्व मनाउने गरिएको छ । शबेबरात पर्वको अवसरमा नेपालगन्जका विभिन्न मस्जिदमा मंगलवार सामुहिक प्रार्थना सभाको आयोजन भएका छन् ।

अबेर राती इस्लाम धर्मावलम्बीहरु मस्जिद तथा कब्रस्तानमा पुगी स्वर्गीय भएका आफ्ना आफन्तहरुको आत्माको शान्तिको लागि प्रार्थना गरेका छन् ।

पर्वको अवसरमा घर–घरमा मिष्ठान्न र विभिन्न परिकार पकाई एक अर्काको घरमा बाँड्ने गरिन्छ।

शबेबरात इस्लाम धर्ममा एक पवित्र रात मानिन्छ । यो इस्लामिक पात्रो अनुसार शाबान महिनाको १५औँ रातमा पर्छ । मुस्लिम समुदायले यस रातलाई मुख्यतः यी कारणले मनाउँछः

अल्लाहको रहमत र माफी माग्नः यस रातमा अल्लाहले आफ्ना बन्दाहरूलाई धेरै माफी दिनुहुन्छ भन्ने विश्वास छ ।

आफ्ना पापहरूको क्षमायाचना गर्नः मानिसहरूले नमाज, दुआ र इबादत गरेर आत्मसुधारको प्रयास गर्छन् ।

आगामी वर्षको तक्दिर (भाग्य) लेखिन्छ भन्ने मान्यताः जीवन, मृत्यु, रोजगारी, स्वास्थ्यजस्ता कुराहरू तय हुन्छन् भन्ने विश्वास पाइन्छ ।

स्वर्गीय भएका आफन्तहरूको सम्झनाः कतिपय ठाउँमा कब्रिस्तान गएर दुआ गर्ने चलन छ ।

शबेबरात मुस्लिम समुदायको लागि धेरै महत्वपूर्ण पर्व मानिन्छ  यसलाई विभिन्न देशहरूमा अन्य नामले पनि चिनिन्छ ।

शबेबरात शबान महिना (इस्लामी क्यालेन्डरको ८ औं महिना) को १४ र १५ तारिखको बीचको रातमा मनाइन्छ ।

शबेबरात शाबान महिनाको १४ औं रातबाट सुरु हुन्छ र १५ तारिखको बिहान समाप्त हुन्छ ।

शबेबरातको रातलाई मगफिरत पनि भनिन्छ, जसको अर्थ क्षमाको रात हो, किनकि यस दिन मानिसहरू रातभर जागा बस्छन्, अल्लाहसँग प्रार्थना गर्छन्, कुरान पढ्छन् र आफ्ना पापहरूको लागि क्षमा माग्छन् ।

इस्लामिक मान्यता अनुसार, शबेबरातको रातमा इबादत गरेर अल्लाहले आफ्ना सेवकहरूको सबै पापहरू क्षमा गर्नुहुन्छ र उनीहरूको प्रार्थना स्वीकार गर्नुहुन्छ । त्यसैले यसलाई क्षमादानको रात वा क्षमाको रात भनिन्छ । स्वर्गीय भएकाहरुको स्मरणमा शबेबरात मनाइयो  शबेबरात पर्वको अवसरमा नेपालगन्जका विभिन्न मस्जिदमा मंगलवार सामुहिक प्रार्थना सभाको आयोजन भएका छन

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार