मुख्य समाचार
मोहर्रम पर्व अन्तर्गत नवौं दिन नगरको विभिन्न स्थानमा ताजिया स्थापित | दरबारमार्गमा लिफ्टको सिक्री चुँडिएर दुई मजदुरको मृत्यु | विविध कार्यक्रमको आयोजन गरि आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै | नेपालगन्ज उपमहानगरपालिकाद्वारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक | वडा नं. ४ द्वारा योजना छनौट, वडा भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजन | अली स्पोर्ट क्लबका खेलाडीहरुद्वारा लठ्ठी कलाको अभ्यास प्रारम्भ | मृत अवस्थामा मानिस फेला | अदालतद्वारा डुडुवा न्यायिक समितिको कार्यसम्पादनबारे निरीक्षण | ईद–उल–अजहा ‘बकरीद’ आज हर्षाेल्लासपूर्वक मनाइँदै | प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड |
मुख्य समाचार
मोहर्रम पर्व अन्तर्गत नवौं दिन नगरको विभिन्न स्थानमा ताजिया स्थापित | दरबारमार्गमा लिफ्टको सिक्री चुँडिएर दुई मजदुरको मृत्यु | विविध कार्यक्रमको आयोजन गरि आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै | नेपालगन्ज उपमहानगरपालिकाद्वारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक | वडा नं. ४ द्वारा योजना छनौट, वडा भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजन | अली स्पोर्ट क्लबका खेलाडीहरुद्वारा लठ्ठी कलाको अभ्यास प्रारम्भ | मृत अवस्थामा मानिस फेला | अदालतद्वारा डुडुवा न्यायिक समितिको कार्यसम्पादनबारे निरीक्षण | ईद–उल–अजहा ‘बकरीद’ आज हर्षाेल्लासपूर्वक मनाइँदै | प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड |


प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

Samachar Rekhanews 77+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

२०८२ ,जेठ २३

बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइएको छ । वन व्यवस्थापनका सवाल ,चुनौती र अवसरका विषयमा रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको सहयोगमा गरीएको विशेष रेडियो संवाद कार्यक्रमका सहभागीहरुले वनमा भइरहने आगलागी ,चरीचरण ,फोहोर मैलाको व्यवस्थापन,वन पैदावर र आयआर्जन लगायतका विषयमा सामूदायीक वनका उपभोक्ताहरु सबैजना सचेत नहुँदा सोचे अनुरुप उपलब्धी हासिल हुन नसकेको बताएका हुन ।

डिभिजन वन कार्यालय बाँकेको वन ,वन्यजन्तु,जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्र्तगत गरीएको कार्यक्रममा सामुदायीक वनका पदाधीकारी र सरोकारवालाहरुबीच सवाल जवाफ गरीएको थियो । कार्यक्रममा सिर्जना सामूदायीक वनका अध्यक्ष सूमन पौडलले सामूदायीक वनले पर्याटनमा पनि राम्रो काम गर्न सक्ने बताउँदै नेतृत्व ब्यवस्थापनको सवाललाई बलियो बनाउनुपर्ने बताउनुभयो । यस्तै अर्का सहभागी आरती सामूदायीक वनका उपाध्यक्ष मुक्ति प्रसाद थारुले वनमा हुने चरिचरण रोक्न नसकिएको गुनासो गर्नुभयो । साथै उहाँले वनपैदावर व्यवस्थापनमा पनि चुनौती थपिएको भन्दै समाधानका लागि सरोकारवालाहरु समक्ष प्रश्न गर्नुभयो । यस्तै अन्य सहभागीहरुले वनलाई दिइने अनुदान कार्यक्रम ,पर्याटनको सवालमा सामूदायीक वनले पाउने सहयोग ,उपभोक्ता शिक्षा र वनको आयआर्जनको सवालमा जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा सहभागीहरुका सवाललाई सम्बोधन गर्दे डिभिजन वन कार्यालय बाँकेका बरिष्ठ वन अधिकृत बाबूराम पोख्रेलले वन ब्यवस्थापन अन्र्तगत काठ दाउरा उत्पादन ,ढलापडा काठ संकलन ,झाडी ब्यबस्थापन र बन्यजन्तुको द्धन्द्ध न्युनिकरणमा सहयोग पुग्ने खालका कार्यक्रमहरु संचालन गरीरहेको बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रमहरु र तालिमहरु संचालन गरी दिगो वन ब्यवस्थापन गर्ने काममा सहजीकरण गरीरहेको र आगामी दिनमा सामूदायीक वनको आवश्यकताका आधारमा कार्यक्रम गर्ने बताउनुभयो । यस्तै अर्का सरोकारवाला कोहलपुर सब डिभिजन वन कार्यालय ,कोहलपुर बाँकेका प्रमुख प्रभात दाहालले वनमा हुने चोरी तस्करी रोक्नका लागी अनुगमन गर्ने काम गरीरहेको बताउनुभयो । सामुदायीक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष साबित्रा पुनले सामूदायीक वनले समूदायको विकासमा खेलेको भूमिकालाई अझै रचनात्मक बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले यसका लागि समन्वयात्मक भूमिकामा जोड दिनुभयो । कोहलपुर नगरपालिकाका वडा नम्बर १२ का वडासदस्य मनिसरा श्रेष्ठले सामूदायीक वनको दिगो ब्यबस्थापनका लागि पहल थाल्ने बताउनुभयो। यस्तै सरोकारवाला सामुदायीक वन उपभोक्ता महासंघ नगर कमिटी कोहलपुरका अध्यक्ष किष्ण रानाले वन ,वन्यजन्तु र जैविक विविधता कायम राख्नका लागी सामूदायीक वनहरुले बार्षीक कार्ययोजना निर्माणकै बेला विशेष ध्यान दिनुपर्नेमा बताउनुभयो । कार्यक्रममा सरोकारवाला निकायका ब्यक्तिहरु , संचारकर्मी र विभिन्न सामूदायीक वनका पदाधिकारी गरी ३१ जनाको सहभागीता रहको थियो । कार्यक्रमको सहजीकरण कृष्णसारकर्मी साबित्री गिरीले गर्नुभएको थियो भने कार्यक्रममा समन्व बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको सृजना सामूदायीक वनले गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार