मुख्य समाचार
५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने | रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट |

लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ

Samachar Rekhanews 132+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

२२ चैत्र, नेपालगन्ज । प्रहरीले लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सतिस कुमार सोनी र आकाश बढई रहेका छन् ।

नेपालगन्ज उ.म.न.पा. वडा नं. १ विशालनगर चोक नजिकै लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधवार ती २ जनालाई पक्राउ गरेको हो ।

नेपालगन्ज उ.म.न.पा. वडा नं. १ बस्ने बर्ष २९ को सतिस कुमार सोनीले चलाएको भे ८ प ८७८ नंम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार सोही स्थान बस्ने बर्ष २६ को आकाश बढईले लगाएको पाईन्टको दायाँ खल्तिबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ५ ग्राम ७९० मिलि ग्राम सहित मोटरसाईकल पनि बरामद गरिएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी गराएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार