मुख्य समाचार
बबई बस दुर्घटना अपडेट : भारतको कुम्भ मेला जाँदै गरेका ३६ जना घाइते, ५ जनाको अवस्था गम्भीर | बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने मगर पक्राउ | सवारी दुर्घटना न्यूनिकरण तथा लागू औषध दुव्र्यसन सम्बन्धि सचेतनामूलक कार्यक्रम | बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन | ब्राउन सुगरसहित तीन जना पक्राउ | डुडुवामा नगर प्रहरी नियुक्त | माता सरस्वतीको पूजा–आराधना गरी आज श्री पञ्चमी पर्व मनाइँदै | नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | नेपालगन्जमा पहिलो पटक सफल कपाल प्रत्यारोपण, अब सेवा स्थानीय स्तरमै उपलब्ध | वीर शहिदहरुको सम्झनामा आज शहिद दिवस मनाइँदै |
मुख्य समाचार
बबई बस दुर्घटना अपडेट : भारतको कुम्भ मेला जाँदै गरेका ३६ जना घाइते, ५ जनाको अवस्था गम्भीर | बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने मगर पक्राउ | सवारी दुर्घटना न्यूनिकरण तथा लागू औषध दुव्र्यसन सम्बन्धि सचेतनामूलक कार्यक्रम | बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन | ब्राउन सुगरसहित तीन जना पक्राउ | डुडुवामा नगर प्रहरी नियुक्त | माता सरस्वतीको पूजा–आराधना गरी आज श्री पञ्चमी पर्व मनाइँदै | नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | नेपालगन्जमा पहिलो पटक सफल कपाल प्रत्यारोपण, अब सेवा स्थानीय स्तरमै उपलब्ध | वीर शहिदहरुको सम्झनामा आज शहिद दिवस मनाइँदै |


लुम्बिनी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि बाँकेमा ७५ बढी योजना 

Samachar Rekhanews 22+ समाचार ( )
७ माघ २०८१, सोमबार

बाँके माघ २७ गते ।
लुम्बिनी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि बाँकेमा ७५ बढी योजना बनाएको छ । पर्यटन डिभिजन कार्यालय अन्तर्गत बाँकेमा साना, ठूलो पूर्वाधार, तालिम तथा प्रवद्र्धनका योजना प्रदेश सरकारले चालु आ.व.का लागि सुनिश्चित गरेको हो ।


प्रदेश सरकारले आन्तरिक तथा बाह्य धार्मिक तथा मनोरञ्जनका लागि पुग्ने क्षेत्रका लागि विभिन्न किसिमको बजेट छुुट्याएको छ । जसमा धार्मिक स्थलको पूर्वाधार निर्माण, ताल, तलैयामा पूर्वाधार निर्माण, धार्मिक आस्था रहेको क्षेत्रमा मूर्ति तथा पूर्वाधार निर्माण लगायत रहेका छन् । प्रदेश सरकारले पर्यटन डिभिजन कार्यालय अन्तर्गत ठूलो भन्दा साना योजना, मन्दिर र मस्जिद निर्माणमा विनियोजन गरेको पाइन्छ ।


प्रदेश सरकारले चालु आ.व. ०८१÷०८२ का लागि बाँके सहित दाङ्ग र बर्दियामा लोपोन्मुख आदिबासी, जनजाति तथा लोपोन्मुख सीमान्तकृत जातिका परम्परागत सीप तथा संस्कृति संरक्षण एवं प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि ८ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले नेपालगन्जमा नेपालगन्ज कलचरल फेष्टिबल, फोटोग्राफी, फेष्टिबल, तालिमका लागि १० लाख, थारुलोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता बैजनाथ, कोहलपुर, राप्तीसोनारीमा सञ्चालनका लागि ५ लाख विनियोजन गरेको छ ।


पर्यटन डिभिजन कार्यालयले बाँकेमा सक्रिय नाच र कलात्मक मादल बनाउने कला प्रवद्र्धन तालिम तथा आवश्यक सामाग्री वितरणका लागि बाँकेको राप्तीसोनारी र बर्दियाको राजापुर नगरपालिका वडा नं. २ का लागि ५ लाख बजेट विनियोजन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ३ स्थित बैसा पार्क पूर्वाधार निर्माणका लागि १५ लाख, कोहलपुर १४ मा बौद्ध विहार निर्माणका लागि १० लाख, कोहलपुरको वडा नं. ८ स्थित गुम्बा निर्माणका लागि १५ लाख बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

प्रदेश सरकारले बैजनाथ गाउँपालिका वडा नं. ६ मा मानसरोवर भित्री कैलाश पर्वत र शिव मूर्ति निर्माणका लागि ३० लाख, बागेश्वरी मन्दिरमा पूर्वाधार निर्माणका लागि २० लाख विनियोजन गरेको बार्षिक योजना किताबमा उल्लेख गरेको छ । प्रदेश सरकारले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा सरस्वती माताको मन्दिर निर्माणका लागि १० लाख, जानकी ६ मा मस्जिद निर्माणका लागि १० लाख, नेपालगन्ज २२ मा महादेव मन्दिर निर्माणका लागि ५ लाख, डुडुवा ३ मा भैसासुर मन्दिर निर्माणका लागि १० लाख विनियोजन गरेको छ ।


प्रदेश सरकारले राप्तीसोनारी गाउँपालिकामा ६ मा शहिद स्मृति पार्क संरक्षण केन्द्रमा शहिद तथा बेपत्ताहरूको शालिक निर्माण एवं पूर्वाधार विकासका लागि ६० लाख, नेपालगन्ज वडा नं. ६ हडियाबाबामा भक्तजनहरूहरूलाई बस्नको लागि प्रतिक्षालय निर्माणका लागि ५ लाख, नेपालगन्ज वडा नं. १७ मा २ सय बर्ष पुरानो बाबा प्रयाग दास समाधी मठ निर्माणका लागि ८० लाख, नेपालगन्ज वडा नं. १८ मा हरियाली प्रवद्र्धन गर्न १० लाख बजेट विनियोजन गरेको छ ।


प्रदेश सरकारले बर्फानी धार्मिक क्षेत्रको पूर्वाधार निर्माणका लागि २० लाख, सन्तानेश्वर धार्मिक क्षेत्र निर्माणको लागि १५ लाख, राप्तीसोनारी वडा नं. ९ मा ढकेरी पार्क पूर्वाधार निर्माण गर्न १५ लाख, वाटरपाक पार्क पूर्वाधार तथा सौन्र्दयीकरणका लागि १० लाख, बैजनाथ गाउँपालिकामा लायन्स पार्क गाभर भ्याली पूर्वाधार निर्माणका लागि १५ लाख, डुडुवामा कम्मरशाह बाबा मजारमा धर्मशाला निर्माणका लागि १५ लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार