नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित दुई मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बाँके प्रहरीका अनुसार भे १० प ४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा भे १० प ४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया राजापुर नगरपालिका–१० बस्ने २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । ठक्कर दिने फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा बाँके प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।