मुख्य समाचार
बबई बस दुर्घटना अपडेट : भारतको कुम्भ मेला जाँदै गरेका ३६ जना घाइते, ५ जनाको अवस्था गम्भीर | बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने मगर पक्राउ | सवारी दुर्घटना न्यूनिकरण तथा लागू औषध दुव्र्यसन सम्बन्धि सचेतनामूलक कार्यक्रम | बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन | ब्राउन सुगरसहित तीन जना पक्राउ | डुडुवामा नगर प्रहरी नियुक्त | माता सरस्वतीको पूजा–आराधना गरी आज श्री पञ्चमी पर्व मनाइँदै | नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | नेपालगन्जमा पहिलो पटक सफल कपाल प्रत्यारोपण, अब सेवा स्थानीय स्तरमै उपलब्ध | वीर शहिदहरुको सम्झनामा आज शहिद दिवस मनाइँदै |

ईस्वी सन्को नयाँ वर्ष २०२५ को भव्य स्वागत

Samacharrekhanews 1+ समाचार ( )
१७ पौष २०८१, बुधवार

१७ पुस, नेपालगञ्ज । ईस्वी सन्को २०२४ लाई विदाई गर्दै नयाँ वर्ष २०२५ को भव्य स्वागत गरिएको छ ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२५ प्रारम्भ भएको छ ।

जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको मान्यता रहेको छ । 

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको ज्योतिषाचार्यहरुको भनाइ छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ ।

सौरमास र चन्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विसं जति वैज्ञानिक नभएपनि हाल इस्वी सनको प्रभाव विश्वव्यापी छ । ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेण्डको एक वर्ष हुन्छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ को आयोजन गरेर यो संवत् मनाइन्छ ।

वर्ष २०२५ को भव्य स्वागतका लागि नेपालगञ्ज, कोहलपुर लगायत देशको विभिन्न स्थानमा थुपै्र रात्रीकालिन कार्यक्रमको आयोजना गरिएको छ ।

यसैगरि आज नेपाली टोपी दिवस मनाइँदैछ ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस मनाउन थालिएको हो ।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ  तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको संख्या बढिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार