मुख्य समाचार
नेपाल प्रहरीकाे ३३ औँ आईजीपीमा दानबहादुर कार्की नियुक्त | नगरमा शान्तिसुरक्षा कायम गर्न हरसम्भव प्रयास गर्ने छुः प्रहरी निरीक्षक शेखर खड्का | डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण | ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन उपर कारवाही | तीन हजार विद्यार्थीको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रम उद्घाटन | कपिलबस्तु जिल्ला,महाराजगँज नगरपालिका वार्ड नम्बर,४ , शुक्ल बरईपुरमा,थपिए एक जना चिकित्सक | एआईजी कार्कीः ठुलो सफलता जसले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरी मुद्दा चलाए, जेलबाट फरार हुनेवित्तिकै फेरि पक्राउ गरे | आज सोमबार लुम्बिनी लगायत यी प्रदेशमा भारी वर्षाको सम्भावना | प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए | ड्युटीका क्रममा वडा प्रहरी नेपालगन्जका सई धन थापाको निधन |

बासद्वारा कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रमको आयोजन

Samachar Rekhanews 96+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

बास नेपालले कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगर टोलमा कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रम गरेको छ । 

रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग, कोहलपुर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा शुक्रवार उक्त कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रम गरिएको हो ।

प्लाष्टिकजन्य फोहोरमैला ब्यवस्थापन तथा जवाफदेहिता परियोजना अन्तर्गत कोहलपुर नगरपालिकामा कार्यक्रमहरु गर्ने क्रममा शुक्रवार कचहरी नाटक प्रस्तुत गरिएको थियो भने नाटक प्रदर्शन स्थलमा झण्डै एक सय जनाको उपस्थिति रहेको थियो । 

कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरसिंह कठायत, कोहलपुर नगरपालिका वाताबरण शाखा प्रमुख बिर बहादुर थापा, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, निर्देशक हेमराज भट्टको उपस्थितिमा सञ्चालन गरिएको कचहरीमा बिभिन्न आमा समुह, सामुदायिक बन समिति, नगर स्तरिय युवा सञ्जाल, टोल बिकास संस्थाहरु बाट सहभागीता रहेको थियो ।

प्लाष्टिकको प्रयोगमा कमी ल्याउन हरेक नागरिकहरु स्वयं सचेत हुन जरुरी रहेको र सामान किन्न बजार जाँदा कपडाको झोलानै प्रयोग गरौं भन्ने सन्देश छर्न देखाईएको कचहरीमा घरबाटै फोहोर बर्गीकरण गर्दा ध्यान दिनु आवश्यक रहेको कुरा कचहरीमा प्रस्तुत गरिएका हो ।

कचहरी नाटकका पात्रहरुमा मन भण्डारी, रबिन्द्र बोहोरा, शोभा भण्डारी, शोभा थापा मगर, तपेन्द्र मलाती र लोक बहादुर घर्ति रहेका थिए । नाटक समापन सँगै नाटकका पात्रहरुले चक्रीय अर्थतन्त्र प्रवद्र्धन गरौँ, प्लास्टिकको प्रयोग न्यूनीकरण गरा,ैं रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं, प्लाष्टिकजन्य फोहोर कम गरौं, प्लाष्टिकजन्य फोहर नजलाऔँ, वायु स्वच्छ राखौं, प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य अंिकंत प्लेकार्ड प्रदर्शन गरेका थिए । 

कचहरी नाटक समापनसँगै आफ्ना भनाई राख्दै वडा नम्बर २ का वडा अध्यक्ष हरसिंह कठायतले नाटकका पात्रहरुद्धारा प्रस्तुत गरिएका बिषयबस्तुहरु बोल्नै नपर्ने गरी सरसफाईको क्षेत्रमा छर्लङ भएको बताए । बास नेपालले आफ्नो समुदायमा गर्दै आएको सरसफाई सम्बन्धि कार्यक्रम उल्लेखनीय भएको बताउँदै आगामी कार्यक्रमहरु मिलेर गर्ने उनले थपे ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि बास नेपालका निर्दैशक हेमराज भट्टले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण परियोजनाका संयोजक माधव कार्कीले गरेका थिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार