२७ माघ, नेपालगन्ज । बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २३ को तिर्सना बाठा मगर रहेकी छिन् ।
बिभिन्न मितिमा बैदेशिक रोजगारमा जापान वर्किङ भिषामा लैजाने भनि बिभिन्न व्यक्तिहरुसंग प्रतिव्यक्ति १४÷१५ लाखको दरले १ करोड २३ लाख रकम संकलन गरि २÷३ महिनादेखि सम्पर्क बिहीन भएकोमा बैदेशिक रोजगार बिभागमा मुद्दा दर्ता भई पक्राउ आदेश जारी भएकी जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २३ को तिर्सना बाठा मगरलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकी मगरमाथि थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीले जानकारी गराएका छन् ।