मुख्य समाचार
मोहर्रम पर्व अन्तर्गत नवौं दिन नगरको विभिन्न स्थानमा ताजिया स्थापित | दरबारमार्गमा लिफ्टको सिक्री चुँडिएर दुई मजदुरको मृत्यु | विविध कार्यक्रमको आयोजन गरि आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै | नेपालगन्ज उपमहानगरपालिकाद्वारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक | वडा नं. ४ द्वारा योजना छनौट, वडा भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजन | अली स्पोर्ट क्लबका खेलाडीहरुद्वारा लठ्ठी कलाको अभ्यास प्रारम्भ | मृत अवस्थामा मानिस फेला | अदालतद्वारा डुडुवा न्यायिक समितिको कार्यसम्पादनबारे निरीक्षण | ईद–उल–अजहा ‘बकरीद’ आज हर्षाेल्लासपूर्वक मनाइँदै | प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड |

विभिन्न कार्यक्रमको आयोजन गरि आज गणतन्त्र दिवस मनाइँदै

Samachar Rekhanews 77+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

१५ जेठ, नेपालगन्ज । विभिन्न कार्यक्रमको आयोजन गरि आज गणतन्त्र दिवस–२०८२ देशभर मनाइँदै छ ।

२०६२÷०६३ को १९ दिने जन आन्दोलनले दुई सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ २०६५ मा जन निर्वाचित संविधान सभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो ।

देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था शुरु भएको दिनको रुपमा प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो  यही ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको जेठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउने गरेको छ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गत सोमवार भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ । मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगर पालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्य सचिव रहने छन् । बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ ।

यस्तै विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आह्वान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार