मुख्य समाचार
नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनको लोगो सार्वजनिक | दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १० जनाभन्दा बढी घाइते | डुडुवाद्वारा योजना कार्यान्वयन | बासद्वारा कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रमको आयोजन | बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह | खजुरा रोड मानपुर नजिक मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) टोप बहादुर बस्नेतको निधन | श्री रामनवमी पर्व आज भक्तिभावपूर्वक मनाइँदै | नेपालगञ्जमा रात्रीकालिन ‘राजा खान नेपालगञ्ज टी १२ क्रिकेट’ प्रतियोगिता हुँदै | कृष्णनगरको रानी ग्राउंडमा चैत २३ गते देखी नाईट क्रिकेट आरम्भ | लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ |

क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगन्जद्वारा अध्यक्ष शाहिद अली (समीर)लाई स्वागत तथा सम्मान

Samachar Rekhanews 49+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

१४ फागुन, नेपालगन्ज । अवधी पत्रकार संघ नेपाल बाँके शाखाको शनिवार सम्पन्न १५औं जिल्ला वार्षिक साधारणसभा एवं ५औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा चयन भएका शाहिद अली (समीर अली)लाई मंगलवार सम्मान गरिएको छ ।

नेपालगन्ज स्थितनेपाल प्रेस इन्स्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगन्जद्वारा नेपालगञ्जमा सञ्चालित भेरी एफ.एम. १०५ थोप्लो ४ मेगाहर्जका स्टेशन प्रमुख तथा सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)का केन्द्रीय सदस्य मोहम्मद आरिफ अन्सारीले आफ्नो कार्यालयमा नवनिर्वाचित अध्यक्ष शाहिद अली (समीर)लाई स्वागत तथा सम्मान गरेका हुन् ।

प्रमुख अन्सारीले आउने दिनमा अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा बाँकेको साथ सहयोग रहने आशा व्यक्त गरे ।

उनले नवनिर्वाचित अवधीभाष्ी पत्रकारहरुलाई सक्रिय रूपमा कार्य गर्ने सुझाव दिए ।

अध्यक्ष शाहिद अली (समीर अली)लाई आफ्नो जिल्ला कार्य समितिलाई परिचालन गरेर अवधी पत्रकार युवाहरुलाई थप जागरुक बनाउने अभियानमा लाग्ने सुझाव समेत दिए ।

अध्यक्ष शाहिद अली (समीर)ले आगामी दिनमा अवधी भाषा, अवधी समाज तथा देशको विकास, उत्थानमा अग्रणी भएर कार्य गर्ने बचनबद्धता प्रकट गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार