मुख्य समाचार
लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया | लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम | बाँकेको पर्यटन प्रवद्र्धनका लागि पर्यटन फोटो पत्रकारिता अनुशिक्षण | नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी | पक्राउ परेका दुई विदेशी नागरिकलाई १४ दिनका लागि न्यायिक हिरासत | आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा | प्र्रहरी निरीक्षक शेखर खड्काद्वारा ईन्टरनेट तथा मोबाईलको सदुपयोग एवं साइबर अपराधबारे प्रशिक्षण प्रदान | अब नरैनापुरमै सुरक्षित मातृत्वको भरोसा |

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

Samachar Rekhanews 107+ समाचार ( )
१८ कार्तिक २०८२, सोमबार

१७ कार्तिक, नेपालगन्ज । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । चालु आर्थिक बर्ष २०८२÷०८३ को प्रथम त्रेमासिक अन्तर्गत साउनदेखि असोजसम्मको भत्ता वितरण गरिरहेको हो ।

पालिका मै बैंकका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गरिरहेका छन । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई गाउँमै बोलाएर वितरण गर्न लागेको बताए ।

पालिकाको वडा नं. १, २, ५ र ६ का नागरिकलाई वडा कार्यालय, वडा नं. ३ र ४ का नागरिकलाई पालिकाको कार्यालयमार्फत भक्ता वितरण गरिने सूचना प्रविधी अधिकृत सुरेश बर्माले जानकारी दिए । उनका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र ज्योती विकास बैंकमार्फत सामाजिक सुरक्षा भक्तावापतको रकम वितरण गरिएको छ ।

डुडुवाको १ देखि ६ वटा वडासम्म करिब चार हजार एक सय ७५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताए । उनका अनुसार जेष्ठ नागरिक, दलित, एकल, विधुवा, पुर्ण अपागंता भएका व्यक्ति र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई सरकारले तोकेको रकम वितरण गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार