Logo

स्वर्गीय खेलाडी थापाको परिवारसँग मन्त्री अथकको भेटघाट पोखरा रंगशालामा थापाको अर्धकदको शालिक स्थापना गर्ने प्रतिवद्धता ब्यक्त

Samachar Rekhanews ३ कार्तिक २०७९, बिहीबार १९:२६ मा प्रकाशित

३ असोज, पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना प्रकट गर्नु भएको छ ।
नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहिबार पोखरा महानगरपालिका १० माटेपानीस्थीत थापाको घरमा पुग्नुभएको हो ।
दुर्घटना लगत्तै दुःख व्यक्त गरेका मन्त्री अथकले बिहीबार बिहानै पोखरास्थित थापाको घरमा पुगेर थापाप्रति भावपुर्ण श्रद्धाञ्जली दिदै परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । “खेलाडी निसिम थापाको निधनबाट राष्ट्रलाई ठुलो क्षति व्यहोरेको छ, शोकको यो घडीलाई शक्तिमा बदल्न म नेपाल सरकारको तर्फबाट अनुरोध गर्दछु” मन्त्री गहतराजले भन्नुभयो । सो क्रममा मन्त्री गहतराजले सम्मान स्वरुप स्वर्गीय थापालाई चेक सहित मरनोपरान्त स्वर्ण पदक प्रदान गर्नुभएको छ ।
पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक स्थापना गरिने प्रतिवद्दता जनउँदै मन्त्री अथकले सरकार र खेलकुद मन्त्रालयले स्वर्गीय खेलाडी थापाको विषयमा आवश्यक निर्णय गर्ने बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषदले नवौं खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुको बिमा गरेकाले थियो । जसअन्तर्गत थापाको परिवारलाई बिमा कम्पनीबाट रकम उपलब्ध गराउनकालागि खेलकुद परिषदले पहल गर्ने राखेपका सदस्य दिपेन्द्र बिस्टले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत आइतबार बिहान पोखराको सराङकोटमा ’क्रस कन्ट्री’ खेलमा दुर्घटना हुँदा थापाको निधन भएको थियो । बिभागिय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी थापा करिव १ सय मिटर उचाईबाट खसेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?