मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |
मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |


अब नरैनापुरमै सुरक्षित मातृत्वको भरोसा

Samachar Rekhanews 131+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

२७ कार्तिक, नेपालगन्ज । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय हो, विकल्पको होइन । सडकदेखि चेतनासम्मका चुनौतीबीच पनि बाँकेको नरैनापुर गाउँपालिकामा भने एउटा परिवर्तनको लहर चलेको छ — त्यो परिवर्तनको केन्द्रमा छिन् स्वास्थ्यकर्मी सामना क्षेत्री । नरैनापुर गाउँपालिका–१ मा स्वास्थ्यकर्मी सामना क्षेत्रीको समर्पणले गाउँभरि नयाँ जीवनको उज्यालो फैलिएको छ ।

स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना क्षेत्री नवजात शिशुको स्वास्थ्य परीक्षणमा व्यस्त देखिन्छन् । उनका स्नेहिल हात र आत्मीय मुस्कानले आमाहरूमा निश्चिन्तता भरिदिन्छ । यही ममता र सेवा–भावनाले गाउँका परिवारहरूमा स्वास्थ्यप्रतिको भरोसा पुनः जागृत भएको छ । कुनै बेला जोखिम मोलेर घर भित्रै बच्चालाई जन्म दिने आमाहरु सामानको प्रेरणाले स्वास्थ्य चौकीमा आएर सुत्केरी हुने गरेका छन् । जसले गर्दा मातृमृत्यु दरमा कमी आएको छ ।

रातको सन्नाटा होस् वा बिहानको हतार, सामना र उनका सहकर्मीहरू प्रसूति सेवादेखि नवजात शिशुको रेखदेखसम्म निरन्तर खटिरहेका छन् । स्वास्थ्यकर्मीहरुका लागि सेवा नै धर्म बनेको छ ।

सामना क्षेत्री भन्छिन् “नियमित स्वास्थ्य परीक्षण, सुरक्षित प्रसूति सेवा र मातृस्वास्थ्य सचेतनाका कारण ग्रामीण महिलाहरू अहिले स्वास्थ्य सेवाप्रति बढी आत्मविश्वासी भएका छन्।”

उनका अनुसार चालु आर्थिक वर्षको चार महिनामै ७३ जना नवजात शिशुको जन्म सो स्वास्थ्य चौकीमार्फत भएको छ ।

स्वास्थ्य चौकी इन्चार्ज दिनेश मौर्यका अनुसार, “हामी प्रत्येक आमालाई सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निरन्तर प्रयासरत छौँ ।”

स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले भने, “सहरका ठूला अस्पतालमा जस्तो सेवा गाउँमै दिन सक्ने दक्ष स्वास्थ्यकर्मी परिचालन गरिएको छ । अहिले हाम्रा स्वास्थ्य चौकीहरू २४ घण्टै सेवा दिइरहेका छन् ।”

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भने, “स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयासले गाउँको स्वास्थ्य क्षेत्रको रूपान्तरण भएको छ । स्थानीय सरकार गठनपछि शिक्षा, स्वास्थ्य र पूर्वाधारमा आम नागरिकको पहुँच फराकिलो बनेको छ ।”

प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले वडा अध्यक्ष र स्थानीय इकाइहरूलाई अझ जिम्मेवार बन्न आग्रह गर्दै भने, “गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सबैको साझा उत्तरदायित्व आवश्यक छ ।”

नरैनापुरका बासिन्दाहरू गर्वका साथ भन्छन्, “अब सहर जानु पर्दैन, हाम्रो गाउँमै जीवनको रक्षा गर्ने हातहरू छन् ।”

नरैनापुर–६ का स्वास्थ्य चौकी इन्चार्ज भरत गोराथोकीले साउनदेखि कार्तिक २४ गतेसम्म ८० जना आमाहरूले सुरक्षित रूपमा नवजात शिशुको जन्म दिएको जानकारी दिए ।

त्यस्तै, स्वास्थ्य संयोजक कर्णका अनुसार नरैनापुर–२ मा साउनदेखि असोजसम्म ४९ जना, र वडा नं. ४ मा ७३ र वडा नं ५ मा ८९ जना आमाले सुरक्षित प्रसूति सेवा प्राप्त गरेका छन् ।

तर, सबै वडामा अवस्था समान छैन । केही वडाहरूमा वडा अध्यक्षको लापरवाहीले स्वास्थ्य संस्थाको रकम निकासा ढिलाइका कारण स्वास्थ्यकर्मीहरूलाई टर्चको उज्यालोमा प्रसूति सेवा दिनुपर्ने बाध्यता रहेको छ ।

यसबारे प्रमुख प्रशासकीय अधिकृत वलीले भने, “स्वास्थ्य सेवा प्रभावित हुने गरी कुनै पनि गतिविधि नगर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिँदै उनले आवश्यक रकम तत्काल निकासा गरी सेवा सुचारु राख्न सबैले जिम्मेवारी निभाउनुपर्छ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार