मुख्य समाचार
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन |

शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’

Samachar Rekhanews 127+ समाचार ( )
३० माघ २०८२, बिहीबार

२९ माघ, नेपालगन्ज । चुनावी सरगर्मी बढ्दै जाँदा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले शिक्षा क्षेत्रका सरोकारवालासँग संवाद गरेका छन् । प्याब्सन कोहलपुरले आयोजना गरेको ’उम्मेदवारहरुसँग निजी विद्यालयका प्रतिनिधिहरुको वृहत्त शैक्षिक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले निजी विद्यालयका जायज मागलाई कानून बनाएर सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा निजी विद्यालयका सञ्चालक, प्रिन्सिपल तथा शिक्षक प्रतिनिधिहरुले शिक्षा क्षेत्रका विद्यमान समस्या, नीति–नियमको अस्पष्टता र संसदमा विचाराधीन शिक्षा विधेयकबारे आफ्ना धारणा राखेका थिए ।

सोही सन्दर्भमा बोल्दै गौडेलले भने, “यहाँ निजी क्षेत्रका माग सम्बोधन गर्छु भनेर घोषणा मात्रै गरेर हुँदैन । यो नीति र कानूनसँग जोडिएको कुरा हो । जिताएर पठाउनुहोस् म त्यसका लागि संसदमा लड्छु ।” उनले शिक्षा विधेयक अहिले संसदमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै निजी विद्यालयका प्रतिनिधिहरुको सुझाव र मागलाई आफूले विधेयक संशोधनको क्रममा समेट्ने प्रतिवद्धता जनाए ।

गौडेलले शिक्षा क्षेत्र देशको मेरुदण्ड भएको उल्लेख गर्दै निजी क्षेत्रले शैक्षिक गुणस्तरमा उल्लेखनीय टेवा पु¥याएको बताए । “निजी क्षेत्रले ठूलो रोजगारी सिर्जना गरेको छ । गुणस्तरीय शिक्षामा निजी क्षेत्रको योगदान अस्वीकार गर्न मिल्दैन,” उनले भने, “तर राज्यले निजी क्षेत्रप्रति गर्ने व्यवहार सधैं सकारात्मक भएको छैन भन्ने कुरा जायज छ ।” उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि भावनात्मक भाषण भन्दा पनि नीतिगत स्पष्टता आवश्यक रहेको धारणा राखे । उनले देशको विकासका लागि नीतिगत सुधार अहिलेको अपरिहार्यता रहेको बताए । 

“विकास गर्छु भनेर भाषण गरेर मात्रै हुँदैन । त्यसका लागि कानून बनाउन आवश्यक छ,” उनले भने । बाँके क्षेत्र नम्ब१ मा चुनावी अभियानलाई तीब्र बनाएका गौडेलले विभिन्न क्षेत्रका समस्या, गुनासा सुन्ने काम गर्दै आएका छन् ।

काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले त्यस्ता समस्याहरु पार्टीको नेतृत्व तहबाट गर्ने सकिने भए त्यसै अनुसार प्रतिबद्धता जनाइरहेका छन् भने नीतिगत ढंगबाट गरिने कुराहरु संसदमा आफू पुगेपछि गर्ने विश्वास दिलाउने गरेको काँग्रेस बाँके क्षेत्र नम्बर १ सचिव खुम बस्नेतले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार