नेपालगञ्ज । बाँकेको निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी परेको छ । यही फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ मा पूर्वमन्त्री, पार्टीका जिल्ला सचिव र नगर उपप्रमुखसहित २२ जनाले मनोनयन दर्ता गराएको क्षेत्र नं २ का मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई तोकेको समयमा उम्मेदवारहरू दलबल र बाजागाजासहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन्।
यहाँ नेकपा एमालेबाट पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, नेपाली कांग्रेसबाट पार्टीका जिल्ला सचिव सुधांशु कोइराला र जनता समाजवादी पार्टी (नेपाल) बाट नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले मनोनयन दर्ता गराएका छन्।
अशोक राई नेतृत्वको जसपाका महासचिव रहेका इस्तियाक राई सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका छन् । राई २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार थिए। तत्कालीन समयमा जसपा नेपालबाट उम्मेदवार बनेका उनी राप्रपाका नेता डा। धवलशमशेर राणासँग पराजित भएका थिए।
राई २०६४ मा तत्कालीन क्षेत्र नम्बर २ र २०७४ मा यही क्षेत्रबाट निर्वाचित भई पटक–पटक मन्त्री बनेका छन्। यस्तै, अर्का उम्मेदवार कमरुद्दिन राईले भने नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका हुन्। कांग्रेसबाट मनोनयन दर्ता गराएका कोइराला भने नयाँ (फ्रेस) उम्मेदवार हुन्। साभार रातो पाटी
यस्तो छ बाँके क्षेत्र नम्बर २ का उम्मेदवारहरूको विवरणस् 👇️👇️
१. सरस्वती प्रसाद बर्मा – जनता समाजवादी पार्टी ९अशोक राई समूह०
२. गोपाल प्रसाद गिरी – स्वतन्त्र
३. प्रकाश शाह – नेपाल मजदुर किसान पार्टी
४. सौरभ जंग शाह – स्वतन्त्र
५. ऋषिराज देवकोटा – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०
६. राम चरण चौधरी – श्रम संस्कृति पार्टी
७. मोहम्मद इस्तियाक राई – नेकपा एमाले
८. महेन्द्र बहादुर चन्द – नेकपा माओवादी केन्द्र
९. विजयकुमार गुप्ता – नेपाल जनता पार्टी
१०. जगदीश ढकाल – राष्ट्रिय जनमोर्चा
११. सुधान्सु कोइराला – नेपाली कांग्रेस
१२. अब्दुल अमर साई – आम जनता पार्टी
१३. दीपेन्द्र विष्ट – नेपाली कम्युनिस्ट पार्टी
१४. मनोजकुमार चौधरी – स्वतन्त्र
१५. शैलेन्द्र कुमार कुर्मी – उज्यालो नेपाल
१६. कमरुद्दिन राई – जनता समाजवादी पार्टी नेपाल
१७. माजिद अलि शेष – प्रगतिशील लोकतान्त्रिक पार्टी
१८. विवेककुमार श्रेष्ठ – राष्ट्रिय स्वतन्त्र पार्टी
१९. बाबु प्रकाश घिमिरे – राष्ट्रिय मुक्ति मोर्चा नेपाल
२०. सिताराम यादव – राष्ट्रिय एकता दल
२१. मोहमद आजाद शाही – जनमत पार्टी
२२. इरफान अहमद शेष – राष्ट्रिय जनमत पार्टी