मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना

Samachar Rekhanews 131+ समाचार ( )
३ चैत्र २०८२, मङ्गलबार

३ चैत्र, नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद ईस्तियाक राईको पहलमा मालपोत कार्यालय, बाँकेमा नागरिक हेल्प डेस्क स्थापना गरिएको छ ।

निर्वाचनको प्रचार प्रसारका क्रममा उनले १५ दिनभित्र हेल्प डेस्क स्थापना गरी निःशुल्क रूपमा जग्गाधनी प्रमाणपुर्जाको श्रेस्ता कायम गराउने घोषणा गरेका थिए । सोही बमोजिम मोहम्मद ईस्तियाक राईको पहल र सहयोग तथा लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उपमहानगरपालिका र मालपोत कार्यालयको समन्वयमा मालपोत कार्यालय, बाँकेमा नागरिक हेल्प डेस्क स्थापना गरिएको हो ।

सो डेस्कबाट विपन्न र गरिबले निःशुल्क श्रेस्ता कायम लगायतका सेवा पाउनेछन् ।

उद्घाटनका क्रममा प्रतिनिधिसभा सदस्य राईले हाल जनशक्ति अभाव रहेकाले आर्थिक रूपमा कमजोर नागरिकलाई प्राथमिकतामा राखेर सेवा लिन आग्रह गरेका छन् ।

उनले भने, ‘अहिले जनशक्ति कम भएकाले लेखापढीमा पैसा तिर्न नसक्ने नागरिकले हेल्प डेस्कबाट सेवा लिनुहोस् । छिट्टै जनशक्ति थपेर सबै सेवाग्राहीलाई समेट्ने प्रयास गर्छौं ।’

हेल्प डेस्क उद्घाटन कार्यक्रममा प्रदेशका आन्तरिक मामिला मन्त्री आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट तथा मालपोत कार्यालयका प्रमुख सविनसिंह चौधरीलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार