मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै

Samachar Rekhanews 131+ समाचार ( )
१३ चैत्र २०८२, शुक्रबार

१३ चैत्र, नेपालगन्ज । भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख रहेको छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

राम नवमी सनातन धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथिमा मनाउने गरिन्छ । प्रख्यात ग्रन्थ रामायणलगायत इतिहास–पुराण अनुसार यो दिनलाई भगवान् श्री रामचन्द्रको जन्म दिनका रूपमा लिइन्छ ।

यो पर्व वासन्तिक नवरात्रभित्रै आउने भएकाले यस दिन भगवान् श्री रामका साथै आद्या शक्ति जगज्जननी दुर्गा भवानीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनुभएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको संहार गरी रामराज्य स्थापना गर्नुभएको सम्झनामा यो पर्व मनाइन्छ ।

त्रेता युगमा चैत्र शुक्लपक्षको नवमी तिथिमा भगवान् विष्णुले नरयोनिमा राजा दशरथ र रानी कौशल्याका पुत्रका रूपमा जन्म लिएर आफ्नो सातौं अवतार श्रीरामरूप धारण गर्नुभएको थियो । त्रेता युगको त्यो रघुकुल धन्य छ, जसले साक्षात् पूर्ण ब्रह्म परमात्मा श्रीहरिलाई कुलभूषणका रूपमा अवतरित गरेको थियो ।

श्रीरामावतारमा भगवानले सदैव मर्यादा–पुरुषका रूपमा एक सदाचारी आदर्श चरित्रलाई स्थापित गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार