मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

बाँकेको पर्यटन प्रवद्र्धनका लागि पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

Samachar Rekhanews 125+ समाचार ( )
८ मंगशिर २०८२, आइतबार

७ मंसिर, नेपालगन्ज । नेपाल पर्यटन बोर्डको आयोजनामा आइतवार नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएकोछ ।

नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा),बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले गरिन् ।

कार्यक्रमको उद्घाटन गर्दे उनले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय सम्भावना रहेकाले पत्रकारिताका क्षेत्रबाट पनि उजागर गर्न जरुरी रहेको बताइन् । उनले नेपालगन्ज कर्णाली र सुदूरपश्चिमको गेटवे हुनुका साथै प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको प्रबद्र्धनका लागि मिडिया र सरोकार वालाहरुबीच समन्वयात्मक भुमिका महत्वपुर्ण हुने बताइन् । उनले भनिन्, “नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाले पछिल्लो समय राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रको सिप विकास र क्षमता अभिवृद्धिमा टेवा प¥ुयाउने उद्देश्यले यो अभिमुखिकरण कार्यक्रम राखिएको 

छ ।” आगामी दिनमा यस क्षेत्रको पर्यटक विकासमा थप कार्यक्रमहरु ल्याउने पनि उनले प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा),बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा गरिएको कार्यक्रमका सहभागीहरुले यस्ता कार्यक्रमले पर्यापर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई उजागर गर्न थप क्रियाशिलता बढाउने बताए।

कार्यक्रममा नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको बिषयमा बाँकेमा पछिल्ला दिनमा छलफलहरु नियमित हुनु र पर्यटकीय क्षेत्र पहिचान गरी भ्रमणमा जाने अभ्यास सुरु भएको बताए । उनले भने, “नेपालगन्ज हिजोका दिनमा ट्रान्जिट मात्र भएकोले अब गन्तव्यको रुपमा विकास गर्न मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । यसका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाले बाँकेका मिडियाकर्मीहरुलाई पर्यटन र फोटो पत्रकारितासम्बन्धी अभिमुखिकरण कार्यकम गरिएको छ ।” यस अभिमुखिकरण कार्यक्रमले नेपालगन्जको पर्यटकीय सम्भावना उजागर र प्रबर्धन गर्न टेवा पुग्ने उनको विश्वास छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरी लगायतले पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गर्न   नेपाल पर्यटन बोर्डले पत्रकारहरुको लागि अनुशिक्षण, अभिमुखिकरण तथा फेलोसिप जस्ता कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन रिपोर्टिङ र फोटो पत्रकार सुनिल चुडामणी बज्राचार्यले पर्यटकीय उत्पादनको तस्बिर खिच्ने तरिका र प्रक्रियाबारे अभिमुखिकरण गराएका थिए । कार्यक्रममा बाँकेका विभिन्न मिडियामा कार्यरत ६० जना बढी पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार