मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

प्रजिअ जोशीद्वारा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुगमन तथा निरीक्षण

Samachar Rekhanews 125+ समाचार ( )
८ जेठ २०८२, बुधवार

७ जेठ, नेपालगन्ज । बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला प्रहरी कार्यालय, बाँकेको बुधवार  निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले यस कार्यालयका हिरासत कक्ष, कार्यालय भवन, शाखाहरुको अभिलेखिकरण ब्यवस्थापनको निरीक्षण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारीले प्रहरी सेवाको प्रभावकारिता, शान्ति सुरक्षाको अवस्था, विपद व्यवस्थापनमा प्रहरीको प्रयास, मानव अधिकार प्रवद्र्धनमा प्रहरीको भुमिका लगायत फैसला कार्यान्वयन र अनुसन्धान कार्यलाई गुणस्तरीय रुपमा सम्पन्न गर्नको लागि तदारुकता अपनाई अनुसन्धानात्मक कार्यलाई बस्तुनिष्ठ, पारदर्शी, विश्वसनिय बनाई प्रहरी सेवालाई अझ बढी व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्नसक्ने गरी कार्यसम्पादन गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले आफ्नो काम कारवाही र उत्तरदायित्वप्रति निष्ठावान रही प्रहरी सेवालाई समय सापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन सदैव प्रतिबद्ध रहेको बताए ।

निरीक्षण भ्रमणको क्रममा प्रमुख जिल्ला अधिकारी समक्ष जि.प्र.का. बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक पातलीले जि.प्र.का. बाँकेको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै