मुख्य समाचार
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन |

मोहर्रम पर्व अन्तर्गत नवौं दिन नगरको विभिन्न स्थानमा ताजिया स्थापित

Samachar Rekhanews 127+ समाचार ( )
२१ असार २०८२, शनिबार

२१ असार, नेपालगञ्ज। इस्लाम धर्मावलम्बीहरुले मनाउने मोहर्रम पर्व अन्तर्गत नवौं दिन नगरको विभिन्न स्थानमा ताजिया स्थापित गरिएको छ।

आज स्थापित गरिएका भाकल मनौतीका ताजिया भोलि आईतवार फुल्टेक्रा स्थित कर्वला मैदानमा लगेर विसर्जन गरिने छ।

आज राती भाकल राखी पायक भर्ने, ताजियादारी र विभिन्न किसिमको झाँकी प्रदर्शन गरी राती जाग्राम बसी विभिन्न धार्मिक अनुष्ठानपछि आइतवार ताजिया फुल्टेक्राको कर्बला मैदानमा विसर्जनपछि मोहर्रम पर्व समापन हुनेछ ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद स.का नाति हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुले शताब्दीयौं अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व लगातार दस दिनसम्म मनाइने गरिन्छ ।

ताजिया इस्लाम धर्मसँग सम्बन्धित एउटा धार्मिक प्रतीक हो । ताजिया राख्ने परम्परा मुख्यतः इमाम हुसैनको सम्झनामा हुन्छ, जो पैगम्बर मोहम्मदका नाति थिए र कर्बला युद्धमा अन्यायविरुद्ध लड्दा सहिद भएका थिए।

कर्बला युद्धमा इमाम हुसैनले अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउँदै आफ्नो ज्यान त्याग गरेका थिए। ताजिया राखेर त्यस बलिदानलाई सम्झने गरिन्छ।

ताजिया राखेर मुस्लिम समुदायले आफ्नो श्रद्धा, एकता र धार्मिक समर्पण देखाउने गर्दछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार