मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम

Samachar Rekhanews 125+ समाचार ( )
१२ मंगशिर २०८२, बिहीबार

११ मंसिर, नेपालगन्ज  । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बाँकेमा १६ दिन १६ वटा कार्यक्रम गरि मनाइँदैछ ।

२५ डिसेम्बरका दिनदेखि शुरु भएको अभियान अन्तर्गत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र नारी विकास केन्द्र नेपालगन्जको संयुक्त पहलमा अभियान शुरु गरिएको हो ।

१६ दिने अभियान अन्र्तगत निःशुल्क कानुनी परामर्श शुरु भएको छ । समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरुलाई कानुनसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गरिने संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताए । उनका अनुसार पिडित तथा गरिब असहाय महिलाहरुलाई कानूनमा पहुँँच पु¥याउनका लागि निःशुल्क कानूनी परामर्श सेवा शुरु गरिएको हो ।

योसंगै दिप प्रज्जवलन, प्ले कार्ड प्रदर्शन, सचेतनामुलक रिवन वितरण, बागेश्वरी मन्दिरमा महिलाहरुको जुत्ता चप्पल सरसफाई गर्ने, लैंगिक हिंसा पिडितहरुसगं छलफल, रेडियो संवाद, सामाजिक सञ्जालमा सचेतना अभिबृद्धि, सचेतनामुलक सन्देशसहितको व्यानर प्रदर्शन, महिला सम्वन्धी कानुनको बारेमा जानकारी, विद्यार्थीहरुलाई साइबरबारे अभिमुखीकरण गर्ने लगायत १६ वटा कार्यक्रम गरिने नारी विकास केन्द्र्रका कोषाध्यक्ष रचना श्रेष्ठले बताइन् ।

१६ दिने अभियान मात्र नभई महिलाहरुको हक अधिकार तथा लैंगिक हिंसा निवारणका लागि ३६५ दिन निरन्तर लाग्नुपर्नेमा उनले जोड दिइन् ।

१६ दिने अभियानमा विशेष गरि महिलाको कानूनी अधिकारसंग जोडिएकाले उनीहरुको सवालमा पैरवी र सामाजिक सेवाको भावनाले उक्त सेवा प्रदान गर्न शुरु गरिएको संस्थाका अध्यक्ष अधिबक्ता तिवारीले बताए ।

संस्थाले विगत लामो समयदेखि समुदायका गरिब विपन्न, तथा अल्पसंख्यक समुदायका नागरिकहरुको कानूनी प्रक्रिया अन्तर्गत, निवेदन, जाहेरी, प्रतिउत्तर मुद्दालगायतको सेवा प्रदान गर्दै आएको कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताए ।

संस्थाले कानूनको क्षेत्रमा विशेष काम गरिरहेकाले कानूनसंग सम्वन्धित विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ । संस्थाले कानूनी परामर्शसंगै अन्य सरोकारवाला निकायसंगको समन्वयमा सचेतनामूलक अभियानमा पनि जोडिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार