मुख्य समाचार
रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक मनाइँदै | मोहम्मद ईस्तियाक राईको पहलमा नागरिक हेल्प डेस्क स्थापना | धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर | स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनमा जोड | शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलेको ’शैक्षिक संवाद’ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व शबेबरात विविध धार्मिक कार्यक्रम गरि मनाइयो | वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै |

नेपालगन्जमा पहिलो पटक सफल कपाल प्रत्यारोपण, अब सेवा स्थानीय स्तरमै उपलब्ध

Samachar Rekhanews 131+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

बाँके ।नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण सेवा सुरु भएको छ। नेपालगन्ज स्किन सेन्टरमा ३४ र ३५ वर्षीय दुई युवाको सफलतापूर्वक कपाल प्रत्यारोपण गरिएसँगै पश्चिम नेपालमै पहिलो पटक यो सेवा स्थानीय स्तरमै उपलब्ध भएको हो।

कस्मेटिक डर्माटोलोजिष्ट डा. अभिषेक अर्जेलको नेतृत्वमा सम्पन्न यो प्रत्यारोपण प्रक्रियामा डा. सपना शर्मा, एनेस्थेसिया विशेषज्ञ डा. नवीन रेग्मी तथा अन्य स्वास्थ्यकर्मीहरूको टोली संलग्न थियो। ३४ वर्षीय पुरुषमा १२ घण्टाको प्रक्रियामा ५,००० कपाल प्रत्यारोपण गरियो भने ३५ वर्षीय पुरुषमा १० घण्टाको अवधिमा ३,२०० कपाल प्रत्यारोपण गरियो।

डा. अर्जेलका अनुसार ती बिरामीहरूमा ‘एन्ड्रोजेनेटिक अलोपेसिया’ अर्थात् वंशाणुगत कारणले तालुमा कपाल झर्ने समस्या थियो। कपाल प्रत्यारोपण एक सुरक्षित प्रक्रिया भएकाले अब यो सेवा नेपालगन्जमै उपलब्ध हुँदा काठमाडौँ वा अन्य ठूला सहर जानुपर्ने बाध्यता हटेको छ।

कपाल प्रत्यारोपण प्रक्रिया छालामै सीमित हुने भएकाले पूर्ण रूपमा सुरक्षित रहन्छ। सर्जनले छालामा स–साना प्वाल बनाउँदै कपाल रोप्ने यो प्रक्रिया ४,००० देखि ५,००० पटकसम्म दोहोर्याइन्छ। सुरूआती केही दिनमा सामान्य समस्या देखिए पनि १०–१५ दिनमा सुधार आउँछ।

डा. अर्जेलका अनुसार कपाल झर्ने समस्या भएका धेरै व्यक्तिहरूमा औषधि वा अन्य विधिहरूले समस्या समाधान गर्न सकिन्छ। तर, यदि कपाल गुम्ने प्रक्रिया रोक्न नसकिएमा मात्र प्रत्यारोपण गर्नुपर्छ।

नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण सेवा सुरु भएसँगै कपाल झर्ने समस्याबाट ग्रसित व्यक्तिहरूका लागि अब सहज विकल्प उपलब्ध भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार