मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन

Samachar Rekhanews 125+ समाचार ( )
२५ पौष २०८२, शुक्रबार

२५ पौष, नेपालगन्ज । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ ।

शुक्रबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

अध्यक्ष चौधरीले डुडुवामा निमार्णधिन स्टेचु अफ शिव, पिकनिक स्पट, होमस्टे संचालन, सांस्कृतिक प्रबद्र्धन र ज्येष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण लगायतका कार्यक्रमको करिब रु तीन करोड बढीको बजेट थप गरि संशोधन गरेको प्रस्तुत गरे ।

कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, लघुउद्यम विकास कार्यक्रम, विकास निर्माण, संस्थागत विकास क्षेत्रबाट उपलब्ध प्रगतिबारे जानकारी गराएका थिए ।

उनले पालिकाले बेतहनी स्वास्थ्य चौकीमा स्थापना गरेको आधारभुत अस्पताल र हिरमिनियामा निमार्णाधिन कोल्ड स्टोरको यही माघदेखि संचालन गर्ने भन्दै डुडुवाका नागरिकलाई सहज र सुलभ सेवा उपलब्ध गराउनेतर्फ विशेष ध्यान दिएको बताए ।

उनले डुडुवाले देशकै नमुनाको रुपमा काम गर्दै आएको दाबी गर्दै विगतका वर्षदेखि डुडुवा लिजा र स्वास्थ्य क्षेत्रलगायत मुल्यांकनमा प्रथम स्थान हासिल गरेको बताए । उनले यहाँका केही विपक्ष समुहले विभिन्न बहानामा बदनाम मात्र गर्ने गरेकाले त्यस्ता भ्रामक प्रचारतर्फ नलाग्न सबैलाई आग्रह गरे ।

गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार