मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

श्री रामनवमी पर्व आज भक्तिभावपूर्वक मनाइँदै

Samachar Rekhanews 125+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

२४ चैत, नेपालन्ज । सनातन धर्मावलम्बीहरुको महान पर्व श्री रामनवमी आज भक्तिभावपूर्वक मनाइँदै छ ।

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मदिन अर्थात् श्री राम नवमी पर्व आज देशभर भक्तिभावपूर्वक मनाउन लागिएको हो ।

त्रेतायुगमा चैत्र शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुशियाली वर्तमान युगसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाउने गरिन्छ । दानवीय शक्तिमाथि दैवी शक्ति तथा असत्यमाथि सत्यले विजय प्राप्त गरेको प्रतिकका रुपमा यो पर्व मनाउने गरिएको छ ।

खोज अनुसन्धान अनुसार भगवान् रामको जन्म इशापूर्व ७३९३ तिर दिनको मध्यान्न समयमा भएको थियो । वाल्मीकि पुराण अनुसार भगवान् रामको जन्म पाँच वटा ग्रहहरू उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको सधैँ ख्याल गरेका कारण उनलाई मर्यादा पुरुषोत्तम भनिएको हो ।

भगवान् रामको राज्य (राम राज्य) पनि न्यायका लागि नमूना मानिन्छ । 

रामलाई वैदिक सनातन हिन्दु धर्म संस्कृतिमा सबैभन्दा धेरै बढी पुजिने भगवानका रूपमा लिइन्छ । त्यही भएर रामका भाइहरू भरत, लक्ष्मण र शत्रुधन नाम गरेका अरू तीन जना भाइहरू थिए । भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ वर्ष वनवास पठाएकी थिइन् । तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने चप्पल (खराउ)लाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान रामका सबैभन्दा असल साथी हनुमान हुन् ।

रामभक्त हनुमान रावण राज्य लंका तहसनहस बनाउने प्रमुख पात्र पनि हुन् । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले यस दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबिच रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, कीर्तन लगायतका कार्यक्रमहरूको आयोजना गर्ने गर्दछन् ।

हिन्दु धर्ममा आस्था राख्नेहरुले राम नवमीका दिन सबेरै नुहाई धुवाइ, शुद्ध बनी राम मन्दिरहरूमा पुगी पूजा आराधना गर्दछन्  नवमीका दिन राम मन्दिरहरूमा बिहानैबाट घुँईचो रहने गर्दछ ।

श्री रामनवमी पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार