मुख्य समाचार
क्रिसमस डे’ आज धूमधामका साथ मनाइँदै | नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु | नेपाल संवाद क्लब कर्णाली प्रदेश समितिको औपचारिक घोषणा, गोविन्द विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन | नेपालगञ्ज उपमहानगरपालिका का सात वडा कार्यालय भवनविहीन | वडालाई फोहोरमुक्त बनाउन अति आवश्यक | लागू औषध ब्राउन सुगरसहित ६ जना पक्राउ | क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन | लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया |
मुख्य समाचार
क्रिसमस डे’ आज धूमधामका साथ मनाइँदै | नरैनापुरमा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु | नेपाल संवाद क्लब कर्णाली प्रदेश समितिको औपचारिक घोषणा, गोविन्द विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन | नेपालगञ्ज उपमहानगरपालिका का सात वडा कार्यालय भवनविहीन | वडालाई फोहोरमुक्त बनाउन अति आवश्यक | लागू औषध ब्राउन सुगरसहित ६ जना पक्राउ | क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन | लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन | अवैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद | शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया |


आज बुद्ध जयन्ती देशभर मनाइँदै

Samachar Rekhanews 114+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

२९ वैशाख, नेपालगन्ज । विश्व शान्तिका अग्रदूत भगवान बुद्धको २५६९औं महापरिनिर्वाण दिवस अर्थात बुद्ध जयन्ती आज देशभर मनाइँदै छ ।

बौद्ध धर्मका अधिष्ठाता भगवान गौतम बुद्धको जीवनमा आधारित जन्म, बुद्धत्व प्राप्ति र निर्वाण प्राप्तिको अवसरमा बुद्ध जयन्ती मनाइने गरिन्छ ।

भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । सिंहली मतका अनुसार भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ  तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।

यिनै शाक्यमुनिको जन्म, समाधि अनि ज्ञान प्राप्तिको दिनका रूपमा आज विश्वको उत्तरीदेखि दक्षिणी ध्रुवसम्म, मृत सागरदेखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारसदेखि बेइजिङसम्म आ–आफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ ।

भौतिक शरीर नाश भए पनि आफ्ना ज्ञान, वचन अनि आध्यात्मिक सीपमार्फत बुद्ध हामी सबैको चित्तमा विराजमान नै 

छन् । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ ।

यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊ भएको 

मानिन्छ ।

जन्मनसाथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ ।

यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।

अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत् र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् ।

त्यसपश्चात् आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान् गौतम बुद्ध हुन् । यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृह त्याग गरी बोध गया भन्ने ठाउँमा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपस्यामा लिन भए ।

तपस्याका क्रममा बुद्धलाई सम्यक् सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो । त्यस पछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे । संसारभर भगवान् बुद्ध भनी कहलिए  बुद्ध धर्म एक अनीश्वरवादी धर्म मात्र नभइकन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन हो, सर्वव्यापी दर्शन ।

यो धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम बुद्धलाई वर्तमान कल्पको चौथौँ सम्यक् सम्बुद्ध मानिन्छ ।

विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौँ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।

बुद्धका सबै शिक्षा र उपदेशहरूको संग्रहलाई त्रिपिटक भनिन्छ । त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू संगृहित छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो ।

आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्दछन् । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार