मुख्य समाचार
वीर शहिदहरुको सम्झनामा देशभर शहिद दिवस मनाइँदै | माता सरस्वतीको पूजा–आराधना गरी आज बसन्त पञ्चमी पर्व मनाइँदै | बाँके–निर्वाचन क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी : इस्तियाक सूर्य चिह्नबाट | तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व आज हर्षाेल्लासपूर्वक मनाइँदै | माघे संक्रान्ति हर्षाेल्लासका साथ मनाइँदै | संवेदनशील र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गर्न बाँके प्रहरीको अनुरोध | ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै | डुडुवाको १९औँ गाउँसभाबाट प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन | छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी | ईस्वी सन्को नयाँ वर्ष २०२६ को भव्य स्वागत |

बाढी विपद्को पूर्वतयारी अभिमुखीकरण

Samachar Rekhanews 125+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

५ श्रावण, नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा संचालित नेपालमा बाढी पूर्वानुमानमा आधारित पूर्वकार्यहरु (सिप) परियोजनाको आयोजनामा बाढी विपद् प्रभावित समुदायलाई बाढी पूर्वकार्यहरुको बारे अभिमुखीकरण गरिएको छ । 

उक्त अभिमुखीकरण नरैनापुर गाउँपालिका वडा नं. ६ भोजपुर र गंगापुर, राप्तीसोनारी गा.पा. वडा नं. ६ खल्लाटेपरी, वडा नं. ७ देउपुरा, पिप्रहवा र डुडुवा गा.पा.वडा नं. १ बोर्डर चौफेरी र कृषि चौफेरीमा सम्पन्न भएको थियो । 

प्रभावित समुदायहरुको सहभागितामा सुरक्षित स्थानमा स्थान्तरण टोली, सरसफाई तथा स्वच्छता प्रवद्र्धन टोली, मर्यादा सामग्री वितरण टोली, समुदायिक सहभागिता तथा जवाफदेहिता टोली र अस्थायी आश्रय स्थलमा सहायता कक्ष संचालन टोलीहरुको पुर्नगठन गरिएको छ । 

अभिमुखीकरणमा परियोजनाद्वारा संचालित गतिविधिको जानकारी, रेडक्रस अभियान, पूर्व स्थान्तरण प्रक्रिया, पिउने पानी शुद्धिकरण गर्ने विधि, टोलीको भूमिका, जिम्मेवारी, दायित्व र स्वयंसेवक परिचालन सम्बन्धी प्रशिक्षण दिएको थियो । 

अभिमुखीकरणको सहजीकरण स्वास्थ्य चौकी गंगापुरका इन्र्चाज भरत गोराथोकी, फत्तेपुर स्वास्थ्य चौकी इन्र्चाज मनोजकुमार मिश्रा, राप्तीसोनारी ६ स्वास्थ्य चौकी इन्र्चाज नियम्तअलि साई, डुडुवा गा.पा. स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत पवन कैराती, नेरेसो बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र कार्यक्रम फोकल पर्सन झवीलाल शर्माले गरेका थिए ।

कार्यक्रममा नरैनापुर गा.पा.६ का वडा अध्यक्ष प्रेमचन्द्र मौर्य, राप्तीसोनारी गा.पा. ७ का वडाअध्यक्ष रामलखन थारु, डुडुवा गा.पा. १ का वडा अध्यक्ष पटेश्वरी कुर्मी, नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, सोनारी उपशाखा सभापति यज्ञनारायण शर्मा, गंगापुरका सभापति विक्रम प्रसाद वर्मा र बेतहनी उपशाखाका सभापति सोहनलाल यादव लगायत उपशाखा कार्यसमिति, स्थानीय प्रहरी र समुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार